एप्पल आईफोन १४ प्रो सिरिजमा पन्चहोल डिस्प्ले रहने

Technology Khabar २५ मंसिर २०७८, शनिबार

एप्पल आईफोन १४ प्रो सिरिजमा पन्चहोल डिस्प्ले रहने

काठमाडौं ।

एप्पलको आउँदै गरेका नयाँ आईफोनहरुमा कम्पनीले पन्चहोल डिस्प्ले उपलब्ध गराउने भएको छ।

एप्पलले हालका आईफोन लाइनअप उत्पादनका क्रममा वैश्विक चिप अभाव तथा आपूर्ति श्रृङ्खलाको समस्याबाट ग्रसित भएको छ।

कोरियाली समाचार संस्था दइलेकको रिपोर्ट अनुसार अर्को वर्ष आउने आईफोनका प्रो मोडलहरुमा ४८ मेगापिक्सेलको पन्च होल सेल्फी क्यामरा रहने जनाएको छ।

आउँदै गरेको ६.०६ इन्चको आईफोन १४ प्रो तथा ६.७ इन्चको १४ प्रो म्याक्समा एलजीको १२० हर्ज रिफ्रेश रेटसहितको एलटीपीओ ओएलईडी प्यानल रहनेछ।

आईफोन १४ को गैर प्रो भर्सनमा ६.०६ र ६.७ इन्चका डिस्प्ले भएकामा भने चीनको बीओईमा बनेको नच डिस्प्ले नै रहने बताइएको छ। इन्ट्री लेभल मोडलमा १२० हर्ज रिफ्रेश रेटसहितको एलटीपीओ स्क्रीन रहने छैन।

बीओईले आईफोन १५ सिरिजका लागि एलटीपीओ प्यानल आपूर्ति गर्न सन् २०२३ देखि शुरु गर्नेछ। एप्पलले पनि २०२२ मा पुराने मोडलको आईफोन एसई मोडलमा फाइभजी कनेक्टिभिटी थपेर ल्याउने योजना बनाएको छ।

easy care

प्रकाशित: २५ मंसिर २०७८, शनिबार