Technology Khabar १७ कार्तिक २०७८, बुधबार
काठमाडौं ।
विश्वव्यापी पीसी ढुवानी (ट्याब्लेट सहित) सन् २०२१ को तेस्रो त्रैमासमा २ प्रतिशतले घटेर १२ करोड २१ लाख एकाइमा पुगेको छ। क्यानालिसले हालै सार्वजनिक गरेको डाटा अनुसार वार्षिक आधारमा कम्प्युटर तथा ट्याब्लेटको शिपमेन्टमा कमी आएको हो।
ट्याब्लेट ढुवानी १५ प्रतिशतले घटेर ३ करोड ७७ लाख एकाइमा झरेको छ, किनभने धेरै क्षेत्रहरूमा ट्याब्लेटको आवश्यकता हाल उपभोक्ता र शिक्षा प्रयोगका केसहरूलाई सपोर्टमा घट्यो।
तेस्रो त्रैमासमा क्रोमबुकले अझ तिव्र गिरावटको सामना गरेको छ, जहाँ ढुवानी ३७ प्रतिशत कम भएको छ । मुख्यतया अमेरिकामा शिक्षा खर्चमा भएको सुस्तताले गर्दा कुल क्रोमबुक ढुवानी तेस्रो त्रैमासमा ५८ लाख एकाइ पुग्यो।
तेस्रो त्रैमासमा कुल पीसी बजारमा अझैपनि लेनोभोले नै नेतृत्व लिएको छ । जहाँ लेनोभोको २० प्रतिशत बजार छ भने अन्य कम्पनीहरुमा एप्पल (१८.९ प्रतिशत), एचपी (१४.४ प्रतिशत), डेल (१२.५ प्रतिशत), र सामसङ (६.९ प्रतिशत) सहित छन्।
त्यसैगरी ट्याब्लेट बजारका नेताहरूमा एप्पल (४०.४ प्रतिशत), सामसुङ (१९.१ प्रतिशत), लेनोभो (११.३ प्रतिशत), अमेजन (७.४ प्रतिशत) र ह्वावे (६.६ प्रतिशत) हुन्।
क्रोमबुक बजार मन्दीमा परेको थियो। जसको कारणमा अमेरिका र जापान जस्ता शिक्षा बजारहरू उच्च बिन्दुमा पुग्दा र डिजिटल शिक्षा कार्यक्रमहरूको सार्वजनिक क्षेत्रको कोष सुस्त हुनु रहेको छ।
क्रोमबुकका बजार नेताहरूमा लेनोभो (२४.६ प्रतिशत), एचपी (१९ प्रतिशत), एसर (१६.७ प्रतिशत), डेल (१४.७ प्रतिशत), र आसुस (१२.५ प्रतिशत) २०२१ तेस्रो त्रैसमामा रहेको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार