टिकटकले अमेरिकी कानून निर्मातालाई भन्यो – हामी चीन सरकारलाई सूचना दिँदैनाैं

Technology Khabar १० कार्तिक २०७८, बुधबार

टिकटकले अमेरिकी कानून निर्मातालाई भन्यो – हामी चीन सरकारलाई सूचना दिँदैनाैं

काठमाडौं ।

चर्चित छोटा भिडियो शेयरिङ प्लेटफर्म टिकटकले अमेरिकी कानून निर्माताहरुलाई आफूहरुले चीन सरकारलाई कुनै गोप्य सूचना उपलब्ध नगराउने गरेको बताएको छ।

मंगलबार टिकटकका एक कार्यककारीलाई अमेरिकी कंग्रेससमक्ष सुनुवाइका क्रममा आएका प्रश्नहरुको जवाफ दिँदै आफूहरुले अमेरिकी सूचनाको संरक्षण गरेको र यस्ता सूचना चीन सरकारलाई उपलब्ध नगराएको प्रस्ट पारेका हुन्।

सिनेटरहरुले सुनुवाइका क्रममा चिनियाँ कम्पनी बाइटडान्स अन्तर्गतको  टिकटक, अल्फाबेटको यूट्युब तथा स्न्यापच्याटका अल्गोरिदमले युवाहरुलाई हानी पुर्याउने चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी देशहरुका लागि टिकटकका पब्लिक पोलिसी हेड माइकल बेकरम्यान अमेरिकी कंग्रेसअघि सुनुवाइका लागि उभिने कम्पनीको पहिलो कार्यकारी सावित भए।

सुनुवाइका क्रममा रिपब्लिकन सांसदहरुले बेकरम्यानलाई टिकटकले एप यूजरको डाटालाई कसरी सुरक्षा गर्न सकिन्छ भन्नेमा बढी ध्यान दिन आग्रह गरेका थिए।

अर्का सिनेटर मार्शा ब्ल्याकबर्नले आफू टिकटकले यूजरको लोकेशनदेखि अडियो डाटा संकलन गर्ने र ती डाटा चीन सरकारले पहुँच गर्ने प्रबल सम्भावना भएकोमा बढी चिन्तित भएको विचार व्यक्त गरिन्।

बेकरम्यानलाई टिकटक यूजरका डाटा सिंगापुरमा ब्याकअप रहनेगरी अमेरिकामा स्टोर गरिनेबारेमा पनि प्रश्न गरिएको थियो।

यसमा बेकरम्यानले भने, ‘हामीसँग डाटा सुरक्षाको जिम्मेवारीका लागि विश्वमै चर्चित अमेरिकी सुरक्षा टोली संलग्न छ।’

अर्का रिपब्लिकन सांसद जोन दुनको टिकटकले यूजरको रुचीअनुसारका भिडियो सुझाउने भएकाले फेसबुकले भन्दा बढी कन्टेन्ट अल्गोरिदमको प्रयोग गरेको भन्ने आरोपको जवाफमा सिनेट प्यानलले स्वतन्त्र विज्ञहरुमार्फत् समीक्षा गराउन आवश्यक ठहराएमा आफूहरुले एपको अल्गोरिदम मोडरेशन पोलिसी नै उपलब्ध गराउने वाचा पनि गरे।

easy care

प्रकाशित: १० कार्तिक २०७८, बुधबार