आइएमई ‘डबलको डबलको डबल’ अफरमा प्रदीप र अशोककुमारले पाए डबल रकम

Technology Khabar १७ आश्विन २०७८, आईतवार

आइएमई ‘डबलको डबलको डबल’ अफरमा प्रदीप र अशोककुमारले पाए डबल रकम

काठमाडौं ।

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका हुन्।

पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नतिजा सार्वजनिक गरिएको थियो।

विजेताले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए।

अफर अनुसार आइएमईले उनीहरु वा निजको सिफारिसमा निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कात्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालन गरिरहेको छ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ।

साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था छ।

easy care

प्रकाशित: १७ आश्विन २०७८, आईतवार