आईफोन १३ प्रो मा ३,०९५ एमएएच ब्याट्री र क्वालकम एक्स६० फाइभजी मोडेम रहेको पुष्टि

Technology Khabar ११ आश्विन २०७८, सोमबार

आईफोन १३ प्रो मा ३,०९५ एमएएच ब्याट्री र क्वालकम एक्स६० फाइभजी मोडेम रहेको पुष्टि

काठमाडौं ।

आईफोन १३ प्रो मा ३, ०९५ एमएएच क्षमताको ब्याट्री तथा क्वालकम एक्स६० फाइभजी मोडम रहेको पुष्टि भएको छ।

आईफोन १३ सिरिज सार्वजनिक भएपछि वेकिहोम नामको ब्लगरले आईफोन १३को टियरडाउन विवरणमा यस्तो जनाएका हुन्।

उक्त टियरडाउन भिडियोमा यस वर्ष सार्वजनिक भएको सानो आकारको प्रो मोडलमा रहेका सबै मुख्य पार्टपुर्जाहरुको विवरण सार्वजनिक गरिएको थियो।

यसमा दिइएको ३०९५ एमएएचको ब्याट्री अन्य डिभाइसको तुलनामा सानो लाग्न सक्ने भए पनि यस अघिको आईफोन १२ प्रोमा रहेको २८१५ एमएएचका अगाडि भने केही बढी नै मान्नुपर्ने हुन्छ। यो मोडलमा पहिलेको भन्दा डेढ घण्टा बढी समयसम्म ब्याट्री ब्याकअप रहने बताइएको छ।

यो ब्याट्रीको आकार अंग्रेजी अक्षर एल जस्तो रहेको र यसलाई सुनवोडा इलेक्ट्रोनिक कम्पनीले बनाएको पाइएको छ।

आईफोन १३ प्रो का भित्री सामानहरु आईफोन १२ प्रो का भन्दा खासै फरक छैनन् तर थुप्रै कुराहरुमा सुधार भने गरिएको छ। यसको १२० हर्जको डिस्प्ले तथा र्याम सामसङले बनाएको छ भने फ्लाश मेमोरी जापानको कियोजिया कम्पनीले बनाएको छ।

यस्तै एप्पलले फाइभजी मोडम क्वालकमको एक्स६० मा अपग्रेड गरेको छ।

easy care

प्रकाशित: ११ आश्विन २०७८, सोमबार