याहूले आफ्नै ‘डे’ नामक क्यालेन्डर एप ल्याउँदै

Technology Khabar १० आश्विन २०७८, आईतवार

याहूले आफ्नै ‘डे’ नामक क्यालेन्डर एप ल्याउँदै

काठमाडौं ।

जब अनलाइन क्यालेन्डर र पात्रो एपहरुको विषय आउँछ, त्यसबेला गुगल क्यालेन्डर र माइक्रोसफ्टबाट आउटलुक जस्तै सेवाहरु विश्वव्यापी लाखौं प्रयोगकर्ताहरुले प्रयोग गरिरहेसँग बजारमा नेतृत्वमा छन् । अब अर्को कम्पनी यो क्षेत्रमा आफ्नै तरीकामा केहि फैलने आशा गरीरहेको छ।

याहूले अनलाइन क्यालेन्डरको क्षेत्रमा काम गरीरहेको छ, र यो एक नयाँ स्ट्यान्डअलोन क्यालेन्डर एपको रुपमा हुने टेकक्रन्चले रिपोर्ट गरेको छ।

कम्पनीले ‘डे’ नामक क्यालेन्डर एपको लागी जेरेमी ले भ्यानलाई भर्ती गरेको छ, जो अर्को क्यालेन्डरिङ्ग एप, सनराइजको सह-संस्थापक थिए । र अन्ततः यसलाई उनले माइक्रोसफ्टलाई १० करोड डलरमा बेचेका थिए ।

यो आउटलुकमा माइक्रोसफ्टको आफ्नै धेरै लोकप्रिय क्यालेन्डर प्लेटफर्मको मेरुदण्ड बनाउनका लागी र यसको नयाँ डिजाइन गर्न मद्दत गर्न प्रयोग गरिएको छ।हाल यस्तो देखिन्छ कि उनीहरु सनराइज २.० प्राप्त गर्ने तयारीमा छन्।

याहूका प्रवक्ताले भने, “हामी उपभोक्ताहरुलाई अझ राम्रो सेवा दिने बिभिन्न तरीकाहरु खोजिरहेका छौं र यसमा मोबाइलमा पहिलो पटकको व्यवस्थापन, क्यालेन्डर र इभेन्टहरुको बारेमा नयाँ विचारहरु सामेल छन्।”

सो सेवा हाल एक निमन्त्रणा मात्र आधारित मात्र अल्फामा छ र यो एक ठूलो प्रक्षेपणको लागी तयार हुँदैछ।

अहिले धेरैजसो स्मार्टफोन प्रयोकर्ताहरुले स्मार्ट क्यालेन्डर एप प्रयोग गर्ने गर्दछन्। जसले दैनिक कार्यहरुलाई सहज बनाउने गरेको छ। त्यसैले याहूले पनि सोही क्षेत्रमा ध्यान केन्द्रित गरेको बताईएको छ।

easy care

प्रकाशित: १० आश्विन २०७८, आईतवार

ताजा समाचार