मानसिक समस्या भएकाहरुको सहयोगका लागि टिकटकद्वारा नयाँ फिचरहरु जारी

Technology Khabar ३० भाद्र २०७८, बुधबार

मानसिक समस्या भएकाहरुको सहयोगका लागि टिकटकद्वारा नयाँ फिचरहरु जारी

काठमाडौं ।

भिडियो शेयरिङ एप टिकटकले मानसिक स्वास्थ समस्याबाट ग्रसित र आत्महत्या गर्न प्रेरित व्यक्तिहरुलाई सहयोगका लागि केही नयाँ फिचरहरु ल्याएको छ।

यी फिचरहरुमा स्वस्थ रहने तरिकाहरु तथा खाना खाने तरिकामा समस्या भएकाहरुका लागि सपोर्टहरु रहेका बीबीसीले जनाएको छ।

यसबाहेक यूजरले ‘आत्महत्या’ सम्बन्धी सामग्री खोजेको खण्डमा त्यसलाई सपोर्ट सामग्रीहरुतिर रिडाइरेक्ट गर्ने प्रणाली पनि थपिएको छ।

प्रतिस्पर्धी प्लेटफर्म इन्स्टाग्राममाथि यूजरको स्वास्थ्यमा गम्भीर असर पारेको आरोप लागेपछि टिकटकले यस्तो निर्णय गरेको बुझिएको छ।

यी फिचर घोषणाका क्रममा टिकटकले भनेको छ, ‘हामी हाम्रा समुदायका बारेमा उत्तरदायी छाैं र सधैं उनीहरुको स्वास्थ्यस्थिति सुधारका लागि नयाँ तरिकाहरु खोजी गरिरहेका हुन्छाैं। त्यसैले हामी मानिसहरुलाई यस्ता सामग्री टिकटकमा चाहिएको खन्डमा उपलब्ध गराउनका लागि थप अर्को कदम चालेका हाैं।’

यो नयाँ फिचर केही समयमा विश्वभर नै उपलब्ध गराइने भन्दै कम्पनीले आत्महत्या लगायतका सर्चको बदलामा क्राइसिस टेक्स्ट लाइनजस्ता स्थानीय सपोर्टहरुमा रिडाइरेक्ट हुने व्यवस्था गरिने पनि बुझिएको छ।

टिकटकले पनि आफ्ना प्रतिस्पर्धी प्लेटफर्म झैं किशोर किशोरीमा मानसिक स्वास्थ्यको कारक बनेको आरोप खेप्दै आएको छ।

easy care

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

ताजा समाचार