जीमेल तथा क्यालेन्डरजस्ता एपको डिजाइन बदल्दै गुगल, पहिलेभन्दा धेरै फरक देखिने

Technology Khabar २९ भाद्र २०७८, मंगलवार

जीमेल तथा क्यालेन्डरजस्ता एपको डिजाइन बदल्दै गुगल, पहिलेभन्दा धेरै फरक देखिने

काठमाडौं ।

गुगलले क्यालेन्डर, जीमेल तथा गुगल डकुमेन्ट्सजस्ता आफ्ना चर्चित एपहरुका लागि नयाँ मेटेरियल डिज़ाइन ल्याउने भएको छ।

नयाँ डिज़ाइन आएपछि एपमा थुप्रै परिवर्तन हुने बुझिएको छ। पुरै एपको एनिमेशन तथा झलक नयाँ हुनेछ भने बटनहरु पनि नयाँ नै उपलब्ध हुनेछ। यो परिवर्तन ल्याउने योजनापछि यसअघि नै गुगल ड्राइभ, शीट तथा स्लाइड्सङ्को डिज़ाइनमा परिवर्तन ल्याइसकिएको छ।

यो नयाँ परिवर्तन एन्ड्रोइड १२ डिज़ाइनमा आएको परिवर्तन सुहाउँदो बनाउनका लागि गरिएको हो। नयाँ डिज़ाइनमा एक्शन बटनमा परिवर्तन आउनेछ जसमा गुगल स्यान्ट फन्ट प्रयोग भएकोले पढ्न अझै सजिलो हुने बताइएको छ।

यसबाहेक एपमा ठूला र आकर्षक बटन, शिफ्टिंग कलर तथा स्मूथ एनिमेशन दिइएको छ। गुगलले राउन्ड एड पनि दिएको छ। यसबाहेक कम्पनीले आफ्नो न्याभिगेशन प्याटर्न तथा प्लेसमेन्ट अप्शनलाई पहिले जस्तै गरी राखेको छ।

गुगल क्यालेन्डरमा भने आगामी सेप्टेम्बर २० देखि नयाँ परिवर्तन देख्न सकिनेछ भने गुगल मीटमा १९ सेप्टेम्बरदेखि नयाँ डिजाइन उपलब्ध हुनेछ।

जीमेलका लागि नयाँ डिज़ाइन २०२१ ०८ २४ भर्सन तथा नयाँ एन्ड्रोइड १२ का साथै पिक्सल डिभाइससहित आउनेछ।

यूज़रले यसमा पिल-शेप क्याप्सुल आकारको न्याभिगेशन बार तथा  पिक्सल डिभाइसका लाग डाइनामिक कलर अप्शन पाउनेछन्। यसलाई पर्सनलाईज गर्न पर्सनलाइज़ सकिनेछ।

गुगल मीट 
गुगल मीटमा २०२१ ०९ १९ भर्सनसहितको परिवर्तन आउनेछ र यसको शुरुआत १९ सेप्टेम्बरदेखि हुने बुझिएको छ। यसमा पनि शुरुवाती परिवर्तनका रुपमा डाइनामिक कलर फिचर तथा पिल-शेपको बटन रहनेछ।

गुगल क्यालेन्डर
गुगल क्यालेन्डमार अपडेटका रुपमा यसको टप बारमा आउने मिति अन्य स्क्रीनको भागभन्दा बढी गाढा हुनेछ। यो नयाँ परिवर्तन २०२१ ३७ भर्सनका साथ आगामी सेप्टेम्बर २० देखि आउने बताइएको छ।

easy care

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

ताजा समाचार