ओपोको कलरओएस १२ आगामी सेप्टेम्बर १६ मा सार्वजनिक हुने

Technology Khabar २८ भाद्र २०७८, सोमबार

ओपोको कलरओएस १२ आगामी सेप्टेम्बर १६ मा सार्वजनिक हुने
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको अपरेटिङ सिस्टम कलरओएस १२ आगामी सेप्टेम्बर १६ मा सार्वजनिक हुने तय भएको छ।

ओपोको यो अत्याधुनिक अपरेटिङ सिस्टम एन्ड्रोइड १२ मा आधारित हुने र सेप्टेम्बर १६ कै दिन फाइन्ड एक्स सिरिजका लागि यसको बिटा भर्सन पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

यसको बिटा भर्सन उक्त दिन सार्वजनिक भए पनि स्टेबल भर्सन भने अक्टोबरमा आउने आकलन गरिएको छ।

कलरओएस १२ सार्वजनिक हुने इभेन्टमा ओपोले फोन, ट्याब्लेट तथा स्मार्टवाचजस्ता अन्य थुप्रै डिभाइसहरु पनि सार्वजनिक गर्ने बुझिएको छ।

हाल बाहिर आएका जानकारीहरुलाई आधार मान्दा उक्त इभेन्टमा रेनो ७ सिरिज तथा ओपो वाच फ्रीका साथै हाल नाम नखुलेको ट्याब्लेट सार्वजनिक गरिनेछन्।

कलरओएस १२ मा ताजा भिजुअल डिजाइन, फ्री-फ्लोटिङ विन्डोज, क्विक भ्यू कार्ड, सुधारिएको गोपनीयता सुरक्षा तथा अन्य थुप्रै फिचरहरु समावेश हुने अपेक्षा गरिएको छ।

Sajilo Visa

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया