यी हुन् एक वर्षभित्र ग्राहक संख्या वृद्धिका आधारमा टप टेन इन्टरनेट सेवा प्रदायकहरु

Technology Khabar २८ भाद्र २०७८, सोमबार

यी हुन् एक वर्षभित्र ग्राहक संख्या वृद्धिका आधारमा टप टेन इन्टरनेट सेवा प्रदायकहरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ।

आर्थिक वर्षको शुरु अर्थात् २०७७ श्रावणदेखि आर्थिक वर्षको अन्त्य अर्थात् २०७८ असार मसान्तसम्म आइपुग्दा आईएसपीहरुले उल्लेख्य सङ्ख्यामा ग्राहक वृद्धि गरेका छन्।

कोरोना महामारीका कारण अनलाइन कक्षा र वर्क फ्रम होम अपरिहार्य भएभपछि इन्टरनेट कनेक्शन लिने ग्राहकको सङ्ख्या देशैभर बढेको छ।

यो आर्थिक वर्षभित्र कुन इन्टरनेट सेवा प्रदायक कम्पनीले कति ग्राकक थपे त?

यी हुन् आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना अर्थात् २०७७ श्रावण तथा अन्तिम महिना अर्थात् २०७८ असार मसान्तसम्मका ग्राहक सङ्ख्याको तुलनाका आधारमा थपिएका ग्राहक सङ्ख्याका हिसाबले उत्कृष्ट १० मा पर्न सफल आईएसपीहरु:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड – ९१, १२९

श्रावण २०७७ – ३, ९४, ०१० असार २०७८ – ४, ८५, १३९ वृद्धि – ९१, १२९

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ४ लाख ८५ हजार १३९ पुगेको छ। २०७७ श्रावणमा ३ लाख ९४ हजार १० रहेकामा  १ वर्षमा ९१ हजार १२९ बढेको हो।

२. सुविसु केबलनेट प्रालि ६४, १७३

श्रावण २०७७- १, ४६, ३४० असार २०७८ – २,१०, ५१३ वृद्धि – ६४, १७३

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख १० हजार ५१३ पुगेको थियो। यो सङ्ख्या २०७७ श्रावणसम्म १ लाख ४६ हजार ३४० रहेको थियो।

एक वर्षको अवधिमा ६४ हजार १७३ ग्राहक थप्दै यो इन्टरनेट सेवा प्रदायक सूचीको दोस्रो नम्बरमा रहेको छ।

३. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि – ५५, ३७८

श्रावण २०७७ – १८, ६६४ असार २०७८ – ७४, ०४२ वृद्धि – ५५, ३७८

उत्कृष्ट १० को सूचीमा तेस्रो नम्बरमा रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिको २०७७ श्रावणसम्म कुल ग्राहक सङ्ख्या १८, ६६४ रहेको मा एक वर्षमा  ५५ हजार ३ सय ७८ वृद्धि भएर ७४ हजार ४२ पुगेको छ।

४.क्लासिकटेक प्रालि – ४७, ०९८

श्रावण २०७७ – १, १०, ७८७ असार २०७८ – १, ५७, ८८५ वृद्धि – ४७, ०९८

0चोथो नम्बर रहेको क्लासिकटेक प्रालिको जम्मा ग्राहक सङ्ख्या २०७७ श्रावणमा १ लाख १० हजार ७८७ रहेकामा एक वर्षमा ४७ हजार ९८ थपिएर २०७८ असार मसान्तसम्म १ लाख ५७ हजार ८८५ पुगेको छ।

५. भायनेट कम्युनिकेशन प्रालि ३८, २००

श्रावण २०७७ १, १३, ९३१ असार २०७८ – १, ५२, १३१ वृद्धि – ३८, २००

भायनेट कम्युनिकेशन प्रालि यो सूचीमा ३८ हजार २०० ग्राहक सङ्ख्या थपेर  पाँचाैं नम्बरमा रहेको छ। उसको अघिल्लो वर्षको श्रावणमा ग्राहक संख्या १ लाख १३ हजार ९३१ रहेकामा १ वर्षमा ३८ हजार २०० थपिएर १ लाख ५२ हजार १३१ पुगेका छन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि २३, ९२६

श्रावण २०७७ – ४२, ९०८ असार २०७८ – ६६, ८३४ वृद्धि – २३, ९२६

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिले यो आर्थिक वर्षमा २३ हजार ९२६ ग्राहक थपेर छैटाैं नम्बरमा परेको छ। २०७७ श्रावणमा कुल ४२ हजार ९०८ ग्राहक रहेको यो आईएसपीको कुल सङ्ख्या २०७८ असार मसान्त अर्थात् आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ६६ हजार ८३४ पुगेको छ।

७. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

श्रावण २०७७ – ० असार २०७८ – १८, ५७० वृद्धि – १८, ५७०

सूचीको आठाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या २०७८ असार मसान्तसम्ममा १८ हजार ५७० रहेको छ। यो आईएसपी आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना अर्थात् २०७७ श्रावणमा अस्तित्वमा नै थिएन। त्यसैले आर्थिक वर्ष सकिँदासम्मका सबै ग्राहक सङ्ख्या वृद्धिकै रुपमा रहेको छन्।

८. डिश मिडिया नेटवर्क प्रालि १७, ९६४

श्रावण २०७७ – ० असार २०७८ – १७, ९६४ वृद्धि – १७, ९६४

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना अर्थात् २०७७ श्रावणमा अस्तित्वमा नै नरहेको डिश मिडिया नेटवर्कको इन्टरनेट सेगमेन्टले २०७८ असार मसन्तसम्म कुल १७ हजार ९६४ ग्राहक जोडेकोमा यो सबै वृद्धिको रुपमा रहेकाले सूचीको आठाैं स्थानमा पुगेको छ।

९. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – १३, ५६५

श्रावण २०७७ – ३२, ६५३ असार २०७८ – ४६, २१८ वृद्धि – १३, ५६५

ग्राहक सङ्ख्या वृद्धिका हिसाबले उत्कृष्ट १० को नवाैं नम्बरमा परेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ग्राहक सङ्ख्या २०७७ श्रावणमा ३२ हजार ६५३ रहेकोमा २०७८ असार मसन्तसम्म आइपुग्दा यो सङ्ख्यामा १३ हजार ५६५ थपिएर ४६, २१८ पुगेको छ।

१०. प्रभु डिजिटल प्रालि ११, १४०

श्रावण २०७७ – ० असार २०७८ – ११, १४० वृद्धि –  ११, १४०

२०७७ श्रावणमा अस्तित्वमै नरहेको प्रभु डिजिटल प्रालिले आर्थिक वर्ष २०७७/७८ को अन्तिम महिना अर्थात् २०७८ असार मसान्तसम्ममा ११ हजार १४० ग्राहक जोड्न सफल भएकामा यो सबै वृद्धिका रुपमा रहेकोले सूचीको दशाैं स्थानमा रहन सफल भएको छ।

easy care

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार