फेसबुक र रे-ब्यानको साझेदारीमा बनेको स्मार्टग्लास आज सार्वजनिक हुँदै

Technology Khabar २४ भाद्र २०७८, बिहीबार

फेसबुक र रे-ब्यानको साझेदारीमा बनेको स्मार्टग्लास आज सार्वजनिक हुँदै

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक र चर्चित सनग्लास कम्पनी रे-ब्यानको साझेदारीमा बनेको स्मार्टग्लास सेप्टेम्बर ९ अर्थात् आज सार्वजनिक हुँदैछ।

रे-ब्यानको वेबसाइटमा रहेको माइक्रोसाइटमा आउँदै गरेको स्मार्टग्लासको शिलुएट फोटो तथा केही मुख्य डिटेलहरु राखिएको छ।

यसबाहेक अन्य विवरण खुलाइएको छैन। यसै हप्ताको शुरुवातमा फेसबुक रियालिटी ल्याब्स का उपाध्यक्ष एन्ड्र्यू बस्वर्थले पोइन्ट अफ भ्यू भिडियो रेकर्डिङ सुविधासहितको उक्त स्मार्टग्लासको झलक प्रस्तुत गरेका थिए।

यसबाहेक अन्य विवरण खुलाइएको छैन। यसै हप्ताको शुरुवातमा फेसबुक रियालिटी ल्याब्स का उपाध्यक्ष एन्ड्र्यू बस्वर्थले पोइन्ट अफ भ्यू भिडियो रेकर्डिङ सुविधासहितको उक्त स्मार्टग्लासको झलक प्रस्तुत गरेका थिए।

आउँदै गरेका स्मार्टग्लासहरुमा स्न्यापच्याटको सन्याप स्पेक्टेकल्समा जस्तै नयाँ अग्मेन्टेड रियालिटी फिचर रहने अपेक्षा गरिएको छ।

रे-ब्यानको आधिकारिक वेबसाइट माइक्रोसाइटमा रहेको स्मार्टग्लासको शिलुयट फोटोमा फेसबुक र रे-ब्यान दुवैको लोगो रहेको छ।

easy care

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार