ट्विटरमा गालीगलौज गर्नु अब महँगो पर्ने, प्रयोगकर्ताको एकाउन्ट ७ दिनको लागी बन्द गरिदिने

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

ट्विटरमा गालीगलौज गर्नु अब महँगो पर्ने, प्रयोगकर्ताको एकाउन्ट ७ दिनको लागी बन्द गरिदिने

काठमाडौं ।

माइक्रोब्लगिङ्ग साइट ट्विटरमा प्रयोगकर्ताहरुले गर्ने दुर्व्यवहार महँगो पर्न सक्छ। वास्तवमा, ट्विटरले यस्तो सुविधाको परीक्षण गरीरहेको छ, जसको आगमनपछि यदि कसैले गलत भाषा वा शब्दको प्रयोग गर्दछ भने उसको खाता सात दिनसम्म ब्लक हुन सक्नेछ।

सुरक्षा मोडको नाममा आउने यो सुविधाको उद्देश्य ट्विटरको दुरुपयोगलाई रोक्नको लागी हो।

रोलआउट चाँडै हुने
ट्विटरका अनुसार प्लेटफर्ममा अश्लील भाषामा टिप्पणी गर्नेहरु विरुद्ध कडा कारबाही गरिनेछ। यो नयाँ सुरक्षा सुविधा वर्तमान अवस्थामा आईओएस र एन्ड्रोइड प्लेटफर्मको छानिएका प्रयोगकर्ताहरुको लागी पेश गरीएको छ।चाँडै यो फिचर सबै प्रयोगकर्ताहरुको लागी रोल आउट गरिने अनुमान गरिएको छ।

समाचारअनुसार ट्विटरको यो विशेष सुविधा सुरुमा अंग्रेजी भाषाका लागि मात्र उपलब्ध हुनेछ। ट्विटरले आफ्नो ब्लग पोस्टमा लेखेको छ, “कम्पनी एक नयाँ सुविधाको साथ आउँदैछ जसले प्रयोगकर्ताहरुलाई सहज महसुस गराउनेछ। यो सुविधाको मद्दतले ती व्यक्तिहरु जो ट्विटरमा फोहोर भाषाको उपयोगबाट हैरान भएका छन् उनीहरुले त्यसबाट छुटकारा पाउने छन्।”

ट्विटरको यो नयाँ सुरक्षा सुविधा उपयोग गर्नको लागी, प्रयोगकर्ताहरुले सेटिंग्समा जानुपर्छ र यसलाई खोल्नु पर्छ। यस पछि, ट्विटरको प्रणालीले नकारात्मक एंगेजमेन्टको लागी जाँच गर्नेछ। यो सुविधाको मद्दबाट ट्विटरले ट्वीट सामग्री र ट्वीट गर्ने र उत्तर दिने प्रयोगकर्ताहरु बीचको सम्बन्धको पनि निगरानी गर्नेछ। एजेन्सी

easy care

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार