ह्वाट्सएपद्वारा आईओएसबाट एन्ड्रोइड १० वा माथिल्लो भर्सनका सामसङ डिभाइसमा च्याट ट्रान्सफर शुरु

Technology Khabar २० भाद्र २०७८, आईतवार

ह्वाट्सएपद्वारा आईओएसबाट एन्ड्रोइड १० वा माथिल्लो भर्सनका सामसङ डिभाइसमा च्याट ट्रान्सफर शुरु

काठमाडौं ।

ह्वाट्सएपले अन्तत: एन्ड्रोइडमा च्याट हिस्ट्री ट्रान्सफर गर्ने फिचर सार्वजनिक गरेको छ।

ह्वाट्सएपले यो फिचरमा केही समय अघिदेखि काम र परीक्षण पनि गर्दै आएको थियो। यसबाहेक यो फिचर थुप्रै बिटा परीक्षणका क्रममा बाहिर आएको थियो।

यसअघि आईफोनबाट एन्ड्रोइडमा च्याट हिस्ट्री ट्रान्सफ गर्न सकिँदैनथ्यो। तर अब आईओएस प्रयोगकर्ताले आफ्ना डिभाइसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री ट्रान्सफर गर्न सक्ने भएका हुन्। ह्वाट्सएपले यो फिचरको घोषणा गर्दै यसको माग यूजरहरुमा सर्वाधिक रहेको आफ्नो ब्लगपोस्टमा उल्लेख गरेको छ।

यसबाट फोन परिवर्तन गरे पनि आफ्ना च्याट हिस्ट्री नयाँ र अर्को ओएसयुक्त फोनमा सुरक्षित तवरले सार्न सम्भव हुनेछ। यो प्रक्रियामा आफ्ना भ्वाइस, फोटो तथा भिडियोजस्ता मेसेजलाई ह्वाट्सएपमा नपठाइ नै ट्रान्सफर हुनेछ।

यो फिचर तत्कालका लागि सामसङ डिभाइसमा मात्र चल्ने

यो फिचरले तत्कालका लागि केवल एन्ड्रोइड १० वा त्यो भन्दामाथिका अपरेटिङ सिस्टमयुक्त कुनै पिन सामसङ डिभाइसमा काम गर्ने जनाइएको छ। तर कम्पनीले बिस्तारै आउँदै गरेका सबै एन्ड्रोइड डिभाइसमा यसलाई उपलब्ध गराउने योजना बनाएको छ।

easy care

प्रकाशित: २० भाद्र २०७८, आईतवार

ताजा समाचार