शाओमी एक वर्ष देखि नेपालको ‘नम्बर वान’ स्मार्टफोन कम्पनी हुन सफल

Technology Khabar ११ भाद्र २०७८, शुक्रबार

शाओमी एक वर्ष देखि नेपालको ‘नम्बर वान’ स्मार्टफोन कम्पनी हुन सफल
नेपालमा रहेको शाओमीको सर्भिस सेन्टर । फाइल तस्बिर

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लीडर शाओमीले आज अग्रणी बजार अनुसन्धान फर्म आईसिडीको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्याकरको दोस्रो त्रैमासिक २०२१ को रिलीज अनुसार आफु नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।

२०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार शेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी आईडिसी अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौं। हामी हाम्रा एमआई प्रशंसकहरुबाट प्राप्त भएको माया र समर्थनको लागि आभारी छौंँ र हामीले भविष्यमा आप्mनोे लागी कायम गरेका सबै स्वर्ण लक्ष्यहरु पूरा गर्नको लागी निरन्तर प्रयास र आशा राखिराखेका छौँ।”

एमआई ११, एमआई ११ एक्स प्रो, एमआई रेडमी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। यसका साथै शाओमीले एमआई वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ।

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा २०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६००+ मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ ।

उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थिति बलियो बनाएको जनाएको छ।

मुख्य हाइलाइट्सहरुः
* शाओमी कम्पनीले विगत एक बर्ष देखि नेपाली बजारमा शीर्ष स्थान कायम राख्दै
* शाओमीले २०२१ को दोस्रो त्रैमासिकमा ३८.९% को शेयर बजारको युनिट सिपमेन्टमा साथ अग्रता लिदै
* दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्र्याकर अनुसार, शाओमीले बजारमा सामसुङ्ग, भीभो र टेक्नोको संयुक्तले भन्दा धेरै शेयर ओगटेको छ
* २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोन मध्ये शाओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको थियो ।

easy care

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार