शाओमी एप्पललाई उछिन्दै सर्वाधिक स्मार्टफोन बिक्री गर्ने दोस्रो ब्राण्ड बन्यो

Technology Khabar १ श्रावण २०७८, शुक्रबार

शाओमी एप्पललाई उछिन्दै सर्वाधिक स्मार्टफोन बिक्री गर्ने दोस्रो ब्राण्ड बन्यो

काठमाडौं ।

शाओमी यो वर्षको अप्रिलदेखि जुन महिनाभित्र सर्वनधिक स्मार्टफोन बिक्री गर्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा पुगेको छ।

अनुसन्धान संस्था क्यानालिसिसका अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा शाओमी विश्वव्यापी स्मार्टफोन बिक्री सङ्ख्याका हिसाबले दोस्रो नम्बरमा पुग्न सफल भएको हो।

यो सूचीको पहिलो नम्बरमा १९ प्रतिशत बजार हिस्सासहित सामसङ यथावत् रहेको छ। शाओमी भने यो त्रैमासमा १७ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा पुगेको हो।

यसअघि दोस्रो नम्बरमा रहेको एप्पललाई उछिन्दै सामसङ अगाडी बढेको हो।

विश्व बजारमा ह्वावेमाथि प्रतिबन्ध लागेपछि त्यसको फाइदा सामसङ लागायत अन्य सबै कम्पनीलाई भएको र त्यसैका कारण पछिल्लो पटक शाओमीलाई यो सूचीमा अघि बढ्न मद्दत पुगेको आकलन गर्न सकिन्छ।

यो अवधिमा शाओमीको बिक्री ल्याटिन अमेरिकामा ३०० प्रतिशत, अफ्रिकामा १५० प्रतिशत तथा पश्चिम यूरोपमा ५० प्रतिशतले वृद्धि भएको थियो। यस हिसाबले यसको प्रति थान औसत बिक्री सामसङको तुलनामा ४० प्रतिशत तथा एप्पलको तुलनामा ७५ प्रतिशतले कम हो।

तर कम्पनीले हाले अझ प्रिमियम स्मार्टफोनहरु सार्वजनिक गरेकाले आउँदा दिनहरुमा यो आँकडामा अझ सुधार आउने अपेक्षा गर्न सकिन्छ।

शाओमीले एमआई ११ अल्ट्रा जस्ता उच्च स्तरीय फोनको बिक्री बढाउनुपर्ने क्यानालिसिसको भनाइ छ। तर ओपो र भिभो पनि त्यही लक्ष्यका साथ अघि बढेकाले शाओमीलाई अझ कठिन छ।

यो वृद्धि यसैगरी हुँदै गएमा शाओमीले केही वर्षभित्र सामसङलाई उछिनेर सूचीको पहिलो नम्बरमा पुग्न सक्छ।

एप्पलले हाल १४ प्रतिशत बजार हिस्सा ओगटेको छ भने ओपो र भिभोले राम्रो वृद्धिसहित १०-१० प्रतिशत बजार ओगटेका छन्। तर यिनीहरुको वृद्धिको आँकडा शाओमीको सन् २०२० को दोस्रो त्रैमासमा भएको ८३ प्रतिशतको वृद्धिको नजिक पनि पुग्न सकेको छैन।

easy care

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार