विश्वकै सबैभन्दा सानो फोरजी एलटीई स्मार्टफोन मिन्ट सार्वजनिक

Technology Khabar २९ श्रावण २०७८, शुक्रबार

विश्वकै सबैभन्दा सानो फोरजी एलटीई स्मार्टफोन मिन्ट सार्वजनिक

काठमाडौं ।

हाल विश्वका थुप्रै स्मार्टफोन निर्माताहरु सकेसम्म ठूला साइजका तथा फाइभजी डिभाइस बनाउने होडबाजीमा उत्रिरहेका बेला एउट कम्पनीले भने ३ इन्चो फोरजी एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ।

चिनियाँ कम्पनी मोनीले निर्माण गरेको ३ इन्चको यो स्मार्टफोनको नाम ‘मिन्ट’ राखिएको र यो विश्वकै सबैभन्दा सानो फोरजी एलटीई फोन भएको दावी गरिएको छ।

यो सानो  छरितो देखिने स्मार्टफोनमा ३ इन्चको ८५४x४८० पिक्सेल रेजोल्युशन भएको एलसीडी डिस्प्ले दिइएको छ भने ३ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेजको व्यवस्था गरिएको छ।

क्वाडकोर सीपीयूयुक्त यो डिभाइसमा कनेक्टिभिटीका लागि ब्लूटूथ, जीपीएस तथा डुअल सिम कार्ड स्लट राखिएको छ।

easy care

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

ताजा समाचार