सूचना प्रविधि तथा दूरसञ्चार सेवा क्षेत्रमा चुक्दै सरकार, पूरा भएनन् अधिकांश लक्ष्यहरु

Technology Khabar १८ श्रावण २०७८, सोमबार

सूचना प्रविधि तथा दूरसञ्चार सेवा क्षेत्रमा चुक्दै सरकार, पूरा भएनन् अधिकांश लक्ष्यहरु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको अधिकांश र महत्वपूर्ण लक्ष्यहरु हासिल गर्न सरकार असफल भएको देखिएको छ। सो क्षेत्रमा कार्य गर्ने जिम्मेबार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा धेरैजसो क्षेत्रमा तोकिएका लक्ष्यहरु हासिल गर्न असफल भएको देखिएको हो ।

मन्त्रालयकाअनुसार फिस्क्ड ब्रोडब्याण्ड बिस्तार, मोबाइल ब्रोडब्याण्ड बिस्तार, मोबाइल टेलिफोन ग्राहक संख्या, इएमएस सेवा बिस्तार जिल्ला, टेलिभिजनको पहुँच र सञ्चारग्रामको स्थापना बाहेक अन्य सेवा तथा कार्यहरुको लक्ष्य हासिल गर्न असफल भएको छ ।

२१ वटा सूचकहरुमध्ये ७ वटामा लक्ष्य पुरा गर्न सकेको देखिएको छ भने बाँकी सूचकहरुको नजिता निकै निराशाजनक रहेको छ।

मन्त्रालयले महत्वपूर्ण लक्ष्यको रुपमा राखेको अप्टिकल फाइबर बिस्तारको कार्यको लक्ष्य गत आवमा हासिल गर्नबाट चुकेको छ । तथ्यांकअनुसार गत आव २०७७र७८ मा १२ हजार ६२० किलोमिटर अप्टिकल फाइबर बिस्तार गर्ने लक्ष्य लिएकोमा सो अवधिमा सरकारले १० हजार ५२७ किलोमिटर मात्र अप्टिकल फाइबर बिस्तार गर्न सकेको छ।

मन्त्रालयले सूचना प्रविधिबाट २ लाख ८८ हजार रोजगारी सिर्जना गराउने लक्ष्य गत आवमा लिएकोमा सो लक्ष्य शुन्यमा रहेको देखिन्छ । यसअघि आव २०७५/७६ मा २ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य थियो भने चालु आव २०७८/७९ मा यस्तो रोजगारी सिर्जनाको लक्ष्य ३ लाख ४४ हजार रहेको देखिन्छ।

त्यसैगरि फोरजी सेवाको बिस्तारको लक्ष्य ४० प्रतिशत भएकोमा हाल २५।४६ प्रतिशत मात्र रहेको छ भने रेडियोको पहुँच ९२ प्रतिशकतमा पुर्याउने लक्ष्य हाल ८७ प्रतिशतमा खुम्चिएको छ।

यसका साथै इएमएस सेवा देशभर पुर्याउने ४४ संख्याको लक्ष्य भएपनि सो सेवा ३९ वटा मात्र हासिल भएको उल्लेख छ।

यसका साथै अनलाइनमार्फत सरकारी सेवा प्रवाह गर्ने सेवा ३५ वटा पुर्याउने योजना र लक्ष्य भएपनि सो संख्या २२ वटा मात्र हासिल भएको छ।

यस बाहेक सूचना प्रविधि जनशक्ति ८ हजार ५०० सिर्जना गर्ने लक्ष्य शुन्य रहेको तथ्यांकमा देखिन्छ।

इ-गर्भमेन्ट डेभलपमेन्ट इन्डेक्स, राष्ट्रिय साइबर सुरक्षाः क्षेत्रगत सर्ट, सूचना प्रविधि उद्योगको संख्या ३,०८१ पुर्याउने लक्ष्य समेत हासिल नभएको देखिन्छ ।

यो पनि हेर्नुस्-

देशभर फोरजी सेवा बिस्तारमा गत आर्थिक वर्षको लक्ष्यमा सरकार असफल

देशभर फोरजी सेवा बिस्तारमा गत आर्थिक वर्षको लक्ष्यमा सरकार असफल

easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार

ताजा समाचार