देशभर फोरजी सेवा बिस्तारमा गत आर्थिक वर्षको लक्ष्यमा सरकार असफल

Technology Khabar १८ श्रावण २०७८, सोमबार

देशभर फोरजी सेवा बिस्तारमा गत आर्थिक वर्षको लक्ष्यमा सरकार असफल

काठमाडौं ।

सरकारले देशभर फोरजी सेवाको बिस्तारमा लक्ष्य हासिल गर्न असफल भएको छ । हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमले प्रदान गर्दै आएको फोरजी सेवा देशभर बिस्तारको लक्ष्यमा असफल भएको छ।

जसअनुसार गत आवमा हासिल गर्ने भनेर तय गरिएको ४० प्रतिशतको लक्ष्य पुरा गर्न असफल देखिएको हो।

मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा सरकारले तीनवटै सेवा प्रदायकहरुमार्फत देशभर कम्तिमा ४० प्रतिशत ग्राहकहरुसमक्ष सेवा पुर्याउने लक्ष्य लिएको थियो । तरे सो अवधिमा त्यसको आधा भन्दा केही बढि अर्थात २५.०९ प्रतिशत मात्र प्रगति हासिल गर्न सकेको देखिन्छ ।

मन्त्रालयले असार २७ गतेसम्म प्राप्त गरेको तथ्यांकको आधारमा हेर्दा सरकार देशभर आफ्नो फोरजी सेवा बिस्तारमा असफल भएको हो ।

पछिल्लो समयमा नेपाल टेलिकमले फोरजी भीओएलईटीई सेवा शुरु गरेको छ भने एनसेलले देशभर फोरजी सेवा बिस्तार गरिरहेको छ । त्यसैगरि स्मार्ट टेलिकमले भने सिमित शहरहरुमा सिमित ग्राहकहरुलाई मात्र सेवा उपलब्ध गराएको छ ।

मन्त्रालयकाअनुसार यस्तो प्रगति आर्थिक वर्ष २०७५/७६ मा ९.११ प्रतिशत मात्र थियो भने चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले फोरजी एलटीई सेवाको बिस्तार देशभर ५० प्रतिशत जनसंख्यामा पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ।

easy care

प्रकाशित: १८ श्रावण २०७८, सोमबार