यस्तो थियो राज कुन्द्राको अश्लील भिडियोको लागत घटाएर धेरै नाफा कमाउने प्लान बी

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

यस्तो थियो राज कुन्द्राको अश्लील भिडियोको लागत घटाएर धेरै नाफा कमाउने प्लान बी

काठमाडौं ।

बलिउड अभिनेत्री शिल्पा शेट्‌टीका पति राज कुन्द्राको पोर्न बिजनेससँग जोडिएको नयाँ च्याट बाहिरिएको छ।

यो च्याटबाट उनले आफ्नो अश्लील व्यापारलाई अझ उचाइमा पुर्याउन प्लान बी पनि तयार गरेका खुल्न आएको छ।

अश्लील फोटो तथा भिडियो मानिसहरुसम्म पुर्याउनका लागि प्रयोगमा ल्याइएको ‘हट शट्स’ नामक एपलाई सन् २०२० मा शुरुमा एप्पलले एप स्टोर र त्यसपछि गुगलले प्ले स्टोरमा प्रतिबन्ध लगाएका थिए।

यसबाट कुन्द्रा र उनको अश्लील सामग्रीमार्फत् भइरहेको अकूत कमाइमा सिधा असर परेको थियो। यसक्रममा उनले प्लान बी अन्तर्गत आफ्नै नयाँ बलिफेम नामक एप बनाएका थिए।

कुन्द्रा नयाँ प्रविधिलाई मध्यनजर गर्दै काम गर्ने गर्दथे। उनलाई भविष्यमा लाइभ सामग्री सबैभन्दा बढी हेरिन्छ र स्क्रीन रेकर्डिङ सम्भव छैन भन्ने लागेको थियो।

तर हिजोआज धेरैजसो फिल्म, वेब सिरिज वा अन्य भिडियो सामग्री सजिलै स्क्रीन रेकर्डिङमार्फत् अलग अलग प्लेटफर्ममा अपलोड गरिन्छ।

ती प्लेटफर्महरुबाट यूजरले नि:शुल्क डाउनलोड गर्न सक्छन्। यसबाट मुख्य आधिकारिक कम्पनीलाई सब्स्क्रिप्शनमार्फत् आउने नियमित रकम रोकिन्छ र नाफाभन्दा घाटा हुन सक्छ।

किन बनाएका थिए कुन्द्राले प्लान-बी?

राज कुन्द्राको प्लान-बी को सबैभन्दा ठूलो हिस्सा उनले आफैंले बनाउन लगाएको बोलिफेम एप थयो। उनले केही समयअघि यसका बारेमा कुरा गर्दै यो एप गुगल प्ले स्टोर तथा एप्प स्टोरमा राखिने बताएका थिए।

यी प्लेटफर्ममा राखेपछि धेरैभन्दा धे। डाउनलोड हुने र आफ्ना कन्टेन्टमार्फत् धेरै आम्दानी हुने उनको अपेक्षा थियो।

उनी यो एपमा लाइभ कन्टेन्ट प्रस्तुत गर्न चाहन्थे। यसो गर्दा उनको कन्टेन्ट बनाउने खर्च निकै कम हुन जान्थ्यो।

यसमार्फत मुख्यगरी यी तीन चिजको खर्च बच्थ्यो

१. शूटिङका लागि भाडामा लिइने होटल वा बंगलाको भाडा

२. शूटिङका लागि दैनिक आवश्यक महँगा उपकरणहरुको भाडा

३. एडिटिङको खर्च

easy care

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

ताजा समाचार