कोभिडले भन्दा सामाजिक सञ्जालको मिथ्या जानकारीले मानिसहरुको ज्यान लिइरहेको छ: अमेरिकी राष्ट्रपति बाइडेन

Technology Khabar ३ श्रावण २०७८, आईतवार

कोभिडले भन्दा सामाजिक सञ्जालको मिथ्या जानकारीले मानिसहरुको ज्यान लिइरहेको छ: अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचनाले मानिसहरुको ज्यान लिइरहेको आरोप लगाएका छन्।

उनले हालै एक रिपोर्टरले कोरोना महामारी तथा खोपबारे मिथ्या सूचना फैलाउनमा फेसबुकलगायतका सामाजिक सञ्जालको भूमिकाका बारेमा सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो टिप्पणी गरेका हुन्।

गलत सूचनाको समस्या समाधानका लागि ह्वाइट हाउसले सामाजिक सञ्जालहरुमाथि दबाब बनाइरहेको छ। यसै सम्बन्धमा फेसबुकले जनस्वास्थ्य सुरक्षाका लागि आक्रामक कदम चाल्ने बताएको छ।

‘उनीहरुले मान्छेको ज्यान लिइरहेका छन्’, बाइडेनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुलई भने, ‘महामारी अब खोप नलगाएका हरुमा मात्र बढी व्याप्त छ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरुले हाल देशका खोप नलगाएका समुदायमा कोभिड-१९ को संक्रमण र मृत्युदर उच्च रहेको बताएका छन्।

शुक्रबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पेसाकीले फेसबुक तथा अन्य प्लेटफर्मले कोरोना महामारी तथा खोपबारेको अफवाहविरुद्ध लड्न पर्याप्त ध्यान नदिएको आरोप लगाएका थिए।

‘उनीहरुले केही कदम पक्कै चालेका छन् तर योभन्दा अझै धेरै गर्नुपर्ने थियो’, उनले भने।

फेसबुकका एक प्रवक्ता केभिन म्याकअलिस्टरले कम्पनी यस्ता आधारहीन आरोपहरुबाट विचलित नहुने बताए।

‘हामीले १ करोड ८० लाखभन्दा बढी कोभिडबारेका गलत सूचना तथा घरीघरी नियम उल्लंघन गर्ने एकाउन्टहरु पनि हटाएका छाैं,’ उनले एउटा छुट्टै विज्ञप्तिमार्फत् जानकारी दिए।

-बीबीसीबाट

easy care

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

ताजा समाचार