भिभो एस१० प्रोको पूर्ण विवरण लीक, यस्ता हुनेछन् विशेषता

Technology Khabar ३० असार २०७८, बुधबार

भिभो एस१० प्रोको  पूर्ण विवरण लीक, यस्ता हुनेछन् विशेषता
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भिभोको आउँदै गरेको एस१० प्रो स्मार्टफोनको पूर्ण विवरण सार्वजनिक भएको छ।

बिहीबार चीनमा सार्वजनिक गर्ने तयारी भइरहेको भिभो एस१० सिरिजमा एस१० र एस१० प्रो रहेका छन्। यी दुवै मोडलमा क्यामराबाहेक बाँकी सबै स्पेसिफिकेशन उस्तै रहेका छन्।

यसैबीच टीना लिस्टिङमार्फत् एस१० प्रो को पूर्ण विवरण बाहिरिएको हो। बाहिरिएको विवरण अनुसार यो डिभाइमा ६.४४ इन्चको फुल एचडी+ सुपर एमोलेड डिस्प्ले रहनेछ भने फराकिलो नचमा ४४ मेगापिक्सेलको मुख्य र ८ मेगापिक्सेलको अर्को गरी डुअल सेल्फी क्यामरा रहनेछ।

यसैगरी यसको पछाडि १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ भने यसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम दिइएको छ।

२.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर रहने यो डिभाइसमा मिडियाटेकको डाइमेन्सिटी ११०० चिपसेट राखिएको छ।

यसबाहेक यसका रंग, मेमोरी अप्शन, मूल्य तथा उपलब्धताका बारेमा भने केही खुलाइएको छैन।

easy care

प्रकाशित: ३० असार २०७८, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार