इन्टेलको सेलेरोन चिपसेट र एलटीई कनेक्टिभिटीयुक्त सामसङ ग्यालेक्सी क्रोमबुकको घोषणा

Technology Khabar ९ असार २०७८, बुधबार

इन्टेलको सेलेरोन चिपसेट र एलटीई कनेक्टिभिटीयुक्त सामसङ ग्यालेक्सी क्रोमबुकको घोषणा

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले ग्यालेक्सी क्रोमबुक गो को नयाँ भर्सनको घोषणा गरेको छ।

यो कम्पनीको इन्ट्री लेभलको क्रोमबुक हो जसमा १२६६x७६८ पिक्सेल रेजोल्युशनयुक्त १४ इन्चको टीएफटी डिस्प्ले दिइएको छ भने ७२० पिक्सेलको वेबक्याम पनि रहेको छ।

यसको मुख्य फिचर भनेको एलटीई सपोर्ट हो। ग्यालेक्सी क्रोमबुक गो मा इन्टेलको सेलेरोन एन४५००का सातमा इन्टेलको अल्ट्रा हाइ डेफिनिशन यूएचडी ग्राफिक्स दिइएको छ। यसमा ४ र ८ जीबी एलपीडीडीआर४एक्स र्यामा तथा ३२, ६४ वा १२८ जीबीको ईएमएमसी स्टोरेज भेरियन्ट उपलब्ध छ।

ब्याकलिट कीबोर्ड रहेको यो डिभाइसको तोल १.४५ किलोग्राम रहेको छ। यसमा कनेक्टिभिटीका लागि दुईओटा यूएसबी टाइप-सी, एउटा यूएसबी ३.२ पोर्टका साथमा एउटा हेडफोन ज्याक र माइक्रोएसडी कार्ड र न्यानो सिम स्लट उपलब्ध छन्।

ग्यालेक्सी क्रोमबुक गो मा ४५वाटको चार्जरसहित ४२.३ वाटआवरको ब्याट्री राखिएको छ। सामसले यो डिभाइसको मूल्य तथा उपलब्धताका बारेमा भने कुनै जानाकरी बाहिर ल्याएको छैन।

easy care

प्रकाशित: ९ असार २०७८, बुधबार