चीनले क्रिप्टो माइनिङलाई अझै कडाइ गरेपछि बिटक्वाइनको मूल्यमा गिरावट

Technology Khabar ७ असार २०७८, सोमबार

चीनले क्रिप्टो माइनिङलाई अझै कडाइ गरेपछि बिटक्वाइनको मूल्यमा गिरावट

काठमाडौं ।

चीनले क्रिप्टो माइनिङाम थप कडाइ गरेको रिपोर्ट बाहिरिएसँगै सोमबार बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको छ।

विश्वकै सबैभन्दा ठूलो डिजिटल करेन्सीको मूल्य सोमबार ७ प्रतिशतले घटेर ३२ हजार ८०१ डलरमा पुगेको छ। तथ्यांक संस्था क्वाइन मेट्रिक्सका अनुसार गएको जुन ८ यता बिटक्वाइनको मूल्य ३३ हजारभन्दा तल झरेको यो पहलो पटक हो।

यसै क्रममा बिटक्वाइनका अन्य साना प्रतिस्पर्धी इथर र एक्सआरपीको भाउ पनि क्रमश: ८ र ७ प्रतिशतले घटेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको समर्थन रहेको अखबार ग्लोबल टाइम्सका अनुसार दक्षिण पश्चिम चीनका अधिकारीहरुले आइतबार शिचुआन प्रान्तमा रहेका थुप्रै बिटक्वाइन माइनहरु बन्द गराएका थिए।

चीनको लगभग ९० प्रतिशत बिटक्वाइन माइनिङ गर्ने क्षमता बन्द हुने आकलन गरिएको छ। ब्लूमबर्ग तथा रोयटर्सले पनि सिचुआनका अधिकारीहरुको आदेशका बारेमा रिपोर्टिङ गरेका थिए।

बिटक्वाइन माइनिङमा उर्जाको खपत धेरै हुने भएकाले बेइजिङबाट निर्देशन आएपछि सिचुआन र त्यसपछि भित्री मंगवलिया तथा युनान क्षेत्रका माइनिङ केन्द्रहरु पनि बन्द हुने क्रममा रहेको बुझिएको छ।

ब्लकचेन डटकमको रिपोर्ट अनुसार विश्वको ६५ प्रतिशत बिटक्वाइन माइनिङ चीनमा हुने गर्छ। त्यसैले यहाँका ९० प्रतिशत माइनिङ केन्द्रहरु आधिकारिक रुपमा बन्द हुँदा बिटक्वाइनलाई नकारात्मक असर पर्ने निश्चितप्राय: छ।

easy care

प्रकाशित: ७ असार २०७८, सोमबार