सामसङ अब शाओमी, ओपो र भिभोले शुरु गरेको म्युचुअल ट्रान्सफर एलायन्समा समावेश

Technology Khabar ५ असार २०७८, शनिबार

सामसङ अब शाओमी, ओपो र भिभोले शुरु गरेको म्युचुअल ट्रान्सफर एलायन्समा समावेश

काठमाडौं ।

केहि समयअघि शाओमी, ओपो र भिभोले संयुक्तरुपमा शुरु गरेको म्युचुअल ट्रान्सफर एलायन्स (एमटीए) मा अब सामसङ पनि जोडिएकोछ । तीन कम्पनीहरुले सो सिर्जना गरेको प्रविधिले एक २० एमबी प्रति सेकेण्डमा वायरलेस कनेक्सन मार्फत फोन र कम्प्युटरहरू बीच फाइलहरू स्थानान्तरण गर्न एक मानकीकृत तरीका ल्याएका थिए । केही महिनाको बीटा परीक्षण पछि, सो सुविधा प्रत्यक्ष भएको थियो ।

त्यसपछि अन्य कम्पनीहरू एलायन्समा सामेल भए र सूचीमा अब सामसङ पनि सामेल भएको छ। मूल तीन कम्पनीको अलावा, वनप्लस, मेजु, जेडटीई, ब्ल्याक शार्क र हाइसेन्स सो समूहमा छन्, जसमा असुस र यसको गेमिङ्ग ब्रान्ड रिपब्लिक गेमर छन्।

सामसङ पनि सामेल भएको जानकारी आइस यूनिभर्स नामक टिपस्टर ट्विटरमार्फत दिएका हुन् ।

तर सामसङ सो समूहमा सम्मिलित हुनु ठूलो कुरा हो। पहिलो, यो विश्वमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरू मध्ये एक हो, प्रायः पहिलो स्थानमा नै रहिरहेको छ । दोस्रो, योसँग पहिले नै यसको आफ्नै वायरलेस स्थानान्तरण सुविधा क्विक सेयर रहेको छ । जुन फिचर सन् २०२० मा हटाइएको एन्ड्रोइड बीमको प्रतिस्थापनको रूपमा अनावरण गरिएको थियो । यो गुगलको नयाँ नियरबाई ट्रान्सफरको विकल्पको रूपमा आएको थियो । सामसङले यस बर्षको शुरुमा यो फिचरको विन्डोज १० एप पनि जारी गर्‍यो।

तर यसको मतलब यो होइन कि क्विक सेयर बन्द हुनेछ । यसको साटो एमटीए प्रणाली समर्थन गर्नका लागि ग्यालेक्सी डिभाइसहरू र विन्डोज एप पनि अपडेट हुने अधिक संभावना छ । कम्पनीले यसबारेमा कुनै घोषणा गरेको छैन कि कहिले यस्तो अपडेट आउँछ। एजेन्सी

easy care

प्रकाशित: ५ असार २०७८, शनिबार