सामसङ ग्यालेक्सी एस२१ लाई ३सी सर्टिफिकेट, २५ वाटको फास्ट चार्जरसहित आउने

Technology Khabar ३ असार २०७८, बिहीबार

सामसङ ग्यालेक्सी एस२१ लाई ३सी सर्टिफिकेट, २५ वाटको फास्ट चार्जरसहित आउने

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस२१ एफईले चीनमा ३सी सर्टिफिकेशन पाएको छ।

चीनको ३सीले एस२१ एफईको स्थानीय भर्सन एसएम-जी९९०० मा सामसङ ईपी-टीए८०० चार्जर प्रयोग गर्न अनुमतिसहितको प्रमाणपत्र दिएको हो।

उक्त चार्जरले अधिकतम २५ वाटसम्मको आउटपुट दिन सक्छ जुन केही समययता ग्यालेक्सी नोट१० सिरिजमा दिइने गरिँदै आएको थियो। तर यो चार्जर ग्यालेक्सी एस२१ एफई को बक्समै समावेश गरिन्छ या गरिँदैन भन्ने यकिन भैसकेको छैन।

हालको ग्यालेक्सी २०एस एफई १५ वाटको चार्जरसहित आउँछ। यसैका आधारमा हेर्दा एस२१ एफईमा ४५०० एमएएचको ब्याट्री हुन सक्ने आकलन गरिएको छ। यस फोनको फाइभजी भर्सनमा स्न्यापड्रागन ८८८ चिपसेट रहनेछ भने एक्जिनोस मोडल आउने/नआउने यकिन छैन।

यस फोनमा ६ देखि ८ जीबी र्याम हुने तथा १२० हर्जको ६.४१ इन्चको सुपर एमोलेड डिस्प्ले रहन सक्ने आकलन गरिएको छ।

easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार