अनरले पायो जीएसएमएको सदस्यता

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

अनरले पायो जीएसएमएको सदस्यता

काठमाडौं ।

गत वर्षको अन्त्यतिर ह्वावेबाट छुट्टिएर स्वतन्त्र ब्रान्डको पहिचानसहित यात्रा शुरु गरेको चिनियाँ स्मार्टफोन कम्पनी अनरले मुख्य उत्पादकको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ।

हालै जीएसएमएले अनरलाई आफ्नो सदस्यता प्रदान गरेको छ। यसमा मुख्य दूरसञ्चार सेवा प्रदायक, मोबाइल उत्पादक, उपकरण प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागिता हुन्छ।

अनरले एक प्रेस विज्ञप्तिमार्फत् आफूले जीएसएमएका अन्य सदस्यहरुसँगको सहकार्यमा आफ्नो रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने बताएको छ। उक्त संस्थामा अनरको काम सम्पूर्ण इकोसिस्टमको हितका लागि मोबाइल सञ्चार उद्योगलाई सशक्तिकरण गर्न नयाँ अवसरको सिर्जना गर्नु हुनेछ।

जीएसएमले नै बार्सिलोना, शांघाइ र लस एञ्जलसमा हुने मोबाइल वर्ल्ड कंग्रेसको पनि आयोजना गर्दछ। यस सूची अनुसार अब आउँदो महिना हुने एमडब्लूसीमा अनरका तर्फबाट पनि केही नयाँ डिभाइस सार्वजनिक/घोषणा हुनसक्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार