गुगल मेसेजमा अब मन परेका मेसेज र कुराकानीको थ्रेड पिन गर्न सकिने

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

गुगल मेसेजमा अब मन परेका मेसेज र कुराकानीको थ्रेड पिन गर्न सकिने

काठमाडौं ।

गुगल मेसेज एप केही वर्षयता एन्ड्रोइडमा आधारित डिभाइसहरुका मुख्य मेसेजिङ एपका रुपमा रहँदै आएको छ।

एप्पलको आईमेसेज झैं यो एप पुरानो एसएमएसमा आधारित भएर नयाँ इन्टरनेट प्लेटफर्ममा चल्ने गर्छ। यो फिचरलाई एन्ड्रोइडमा आरसीएस भनिन्छ।

हालै एक्सडीए डेभलपरहरुले एपीकै विश्लेषण गर्ने क्रममा गुगल मेसेजेजको ८.१.०५० भर्सनको कोडमार्फत् उक्त मेसेजिङ एपमा दुई ओटा फिचर थपिने पत्ता लगाएका हुन्। तीमध्ये पहिलो मेसेजका थ्रेड कुराकानीको सबैभन्दा माथि पिन गर्न सकिने तथा कुनै पनि व्यक्तिको मेसेजलाई कन्भर्सेसन थ्रेडमा स्टार चिह्नले अंकित गर्न सकिनु हो। एक्सडीएले कन्भरसेसन पिन गर्ने फिचरलाई सफलतपूर्वक इनेबल गर्न सक्षम भएका थिए।

आईमेसेज ह्वाट्एप तथा टेलिग्रामजस्ता अन्य मेसेजिङ एपमा धेरै अगाडिदेखि नै मेसेज पिन गर्ने सुविधा रहँदै आएको छ। यो अपडेटपछि शुरु हुने यो फिचर एन्ड्रोइडको एसएमएस/आरसीएस मेसेजिङ एपका लागि भने निकै नै महत्वपूर्ण हुनेछ।

यसमा स्टार दिइएको मेसेजको अन्त्यसम्म नै स्टार देखिने पनि बताइएको छ र तिनै स्टार दिइएका मेसेजमध्येबाट आवश्यक मेसेज फिलटर पनि गर्न सकिनेछ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार