एन्ड्रोइड १२ ले तेस्रो पक्षका एप स्टोरलाई पनि आफ्नै सरह सपोर्ट गर्ने

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

एन्ड्रोइड १२ ले तेस्रो पक्षका एप स्टोरलाई पनि आफ्नै सरह सपोर्ट गर्ने

काठमाडौं ।

एन्ड्रोइडले आफ्ना अघिल्ला भर्सनहरुमा पनि तेस्रो पक्षका एप स्टोरबाट एप इन्स्टल तथा व्यक्तिगत एपीके फाइल साइडलोड गर्न अनुमति दिन्थ्यो।

तर यसको प्रक्रिया आधिकारिक नहुने तथा यस्ता एपहरु स्वत: अपडेट गर्न नमिल्ने हुन्थे। तर हालै बिटा भर्सन सार्वजनिक भएको एन्ड्रोइड १२ मा भने यी झण्झटहरुबाट मुक्ति मिल्ने देखिएको छ। गुगलले आफनो ब्लगपोस्टमा आधिकारिक रुपमा यो जानकारी अपलोड गरेको हो।

एक्सडीए डेभलपरहरुले यसबारेमा सोर्स कोडको सूक्ष्म अध्ययन गरेर नयाँ परिवर्तनका बारेमा विस्तृत रुपमा जानकारी दिन सक्ने बताइएको छ।

नयाँ प्रणालीमा तेस्रो पक्षका एप स्टोरबाट सोझै एप इन्स्टल गर्ने मात्र नभइ तिनीहरुलाई ब्याचमै अपडेट पनि गर्न मिल्नेछ।

यसका लागि यूजरले आन्तरिक स्टोरेज व्यवस्थापनका लागि एप स्टोरको अनुमति भने दिनुपर्छ। तर यो इजाजत गुगल प्ले स्टोरमा जस्तै एक पटक मात्रै दिए पुग्छ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार