ह्वावेले यसै वर्षको उत्तरार्द्धमा ब्लडप्रेसर मनिटर सहितको स्मार्टवाच ल्याउँदै

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

ह्वावेले यसै वर्षको उत्तरार्द्धमा ब्लडप्रेसर मनिटर सहितको स्मार्टवाच ल्याउँदै

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले यसै वर्षको उत्तरार्द्ध अर्थात् जुलाइ महिना पछि ब्लड प्रेसर मनिटरसहितको स्मार्टवाच ल्याउने भएको छ।

हालै चिनियाँ सामाजिक सञ्जाल वेबोमा ह्वावेका अधिकारी हि गांगले एउटा पोस्ट राख्दै यसै वर्षको उत्तरार्द्धमा हामीले ब्लड प्रेसन मनिटरसहितको स्मार्टवाच देख्न पाउने बताएका छन्।

उक्त जानकारी अनुसार ह्वावेको आगामी इलेक्ट्रोकार्डियोग्राम सहितको स्मार्टफोन चीनमा एक मेडिकल डिभाइसका रुपमा दर्ता भइसकेको र अहिले देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा यसको मेडिकल परीक्षण भइरहेको बुझिन्छ।

यस डिभाइसमा कम्पनीले शरीरको तापक्रमसहित हाइपरटेन्सन कम्यानेजमेन्ट तथा कोरोनरी हार्ट डिजिजका बारेमा पनि जानकारी दिने गरी व्ववस्था गर्न लागेको बुझिन्छ। ह्वावेको ईसीजी फिचरले पीपीजी र एसीसी डाटाको समन्वयमा हृदयरोगको शुरुवाती लक्षणका बारेमा पत्ता लगाउन मद्दत गर्नेछ।

कम्पनीले यो बाहेक अन्य दुई गरी ती ओटा स्मार्टवाचमा काम गरिरहेको र यी डिभाइसहरु पी५० सिरिजसँगै सार्वजनिक गरिने अपेक्षा गरिएको छ। हालसम्मा यी डिभाइसमा हार्मोनीओएस रहने र यसले ई-सिम सपोर्ट गर्ने जानकारी पाइएको छ।

easy care

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार