एनआईसी एसिया बैंकको मोबाइल बैंक प्रयोग गर्दा क्यासब्याक पाईने

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

एनआईसी एसिया बैंकको मोबाइल बैंक प्रयोग गर्दा क्यासब्याक पाईने

काठमाडौं ।

एन आई सी एशिया बैंकले ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डाटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने पनि बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार