ट्विटरले २०१७ मा बन्द गरेको ‘भेरिफिकेशन ब्याज’ को प्रक्रिया पुन: शुरु गर्ने

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

ट्विटरले २०१७ मा बन्द गरेको ‘भेरिफिकेशन ब्याज’ को प्रक्रिया पुन: शुरु गर्ने

काठमाडौं ।

ट्विटरले सन् २०१७ मा भेरिफिकेशन ब्याजका लागि सर्वसाधारणको आवेदन प्रक्रिया बन्द गरेको थियो। त्यतिबेला देखि यसले प्रक्रिया पुग्ने सर्वसाधारणलाई ब्लु टिक प्रदान गर्नका लागि नयाँ भेरिफिकेशन कार्यक्रममा काम गरिरहेको छ।

हालै एक लिकस्टरले ट्विटरले यही भेरिफिकेशन प्रक्रिया फेरि शुरु गर्न लागेको खुलासा गरेका छन्।

यसका लागि एपले प्रयोगकर्तालाई थुप्रै प्रश्न सोध्छ र उत्तर तथा अन्य योग्यताका आधारमा भेरिफिकेशन ब्याज दिन्छ। यस्ता ब्याज विशेष गरी अभियन्ता, पत्रकार, समाचा संस्था तथा सरकारी अधिकारीजस्ता प्रयोगकर्ताले माग गर्दछन्।

इन्जिनियरिङ विशेषज्ञ जेन मान्चुनले ट्वीट गर्दै ट्विटरले भेरिफिकेशन प्रक्रियाको काम सकाइसकेको र छिट्टै सार्वजनिक गर्ने बताएका छन्। तर यसको सार्वजनिक मिति भने तय भइसकेको छैन।

यस प्रक्रियामा कस्ता प्रश्न सोधिन्छन् भन्ने एउटा स्क्रीनशटमार्फत् देखाइएको छ। कम्पनीले भेरिफिकेशन प्रक्रिया नाम चलेका समूह तथा व्यक्तिहरुका लागि भएको भन्दै क्याटेगोरी पनि छुट्याएको छ।

भेरिफिकेशन चाहने व्यक्तिले आफ्नो परिचय, आफू रहेको क्याटेगोरी तथा आफ्नो योग्यता प्रमाणका रुपमा पेश गर्नुपर्छ। यी सबै विवरण भरेर भेरिफिकेशनका लागि आवेदन दिन सकिन्छ। यो प्रक्रियामा बुझाइएका विवरणहरु सही भए नभएको जाँच गर्न तेस्रो पक्षका सेवा प्रदायकलाई दिइएको बुझिएको छ।

४ वर्षअघि कम्पनीले बन्द गरेको यो सेवा अन्तर्गत भेरिफिकेशन पाएका व्यक्तिको विवरण र व्यवहार आफ्नो नीति अनुरुप नपाइएकाको पनि जाँच गरेर ब्याज फिर्ता लिने काम पनि गर्यो। अहिले पनि ट्विटर आफैंले भने यो नयाँ प्रक्रियाका बारेमा कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन।क्क

easy care

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार