बेलायतका एप्पल यूजरले एपको मूल्यमा क्षतिपूर्ति पाउनुपर्ने दावी

Technology Khabar २९ बैशाख २०७८, बुधबार

बेलायतका एप्पल यूजरले एपको मूल्यमा क्षतिपूर्ति पाउनुपर्ने दावी

काठमाडौं ।

एक कानुनी प्रावधान अनुसार एप्पलले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेका बेलायतका लाखैं ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने बताइएको छ।

बेलायतको यूके कम्पिटिशन अपिल ट्राइब्युनल सीएटीमा दर्ता गरिएको मुद्दामा एप्पलले एपको बिक्रीबापत् ३० प्रतिशत कमिशन लिनु अवैध भएङ्को दावी गरिएको छ।

उजुरीकर्ताहरुले डेढ अर्ब पाउण्ड बराबरको क्षति भएको दावी गरेका छन् भने उता एप्पलले भने कानुनी कदम तर्क र आधारहीन भएको जवाफ दिएको छ।

यो मुद्दा जितेको खण्डमा क्षतिपूर्तिका लागि बेलायतका २ करोड प्रयोगकर्तालाई समावर्श गराउने उजुरीकर्ताहरुको योजना रहेको छ।

यसमा बेलायतमा रहेर २०१५ अक्टवबर यता आईफोन वा आईप्याडमा कुनै शुल्क लाग्ने एप, सब्स्क्रिप्शन वा अन्य इन एप पर्चेज गरेका सबै ग्राहक समावेश हुने बुझिएको छ।

यस क्षतिपूर्तिमा ग्राहक आफैंले सहभागी हुन नचाहेको खण्डमा बाहेक प्रभावित सबैलाई समावेश गरिनेछ। तर यस्तो सामूहिक कदम अगाडि बढाउनुअघि ट्राइब्युनलले अनुमोदन गर्नुपर्छ।

एप्पलले प्रतिस्पर्धा रोकेको, आफ्नै भुक्तानी प्रणाली प्रयोग गर्न बाध्य पारेको, अकूत अवैध सम्पत्ति थुपारेको जस्ता आरोप लगाइएको छ।

पीडितहरुका तर्फबाट ट्राइब्युनलमा प्रतिनिधित्व गरिरहेका किङ्स कलेज लण्डनका डिजिटल अर्थतन्त्रका लेक्चरर डा र्याचेल केन्टले एप्पलले लिने शुल्क तिनीहरुका प्रयोगका आधारमा पूर्णरुपमा अमान्य रहेको बताएकी छिन्।

easy care

प्रकाशित: २९ बैशाख २०७८, बुधबार