एमआईयूआई १२ मा समस्या बढ्दो, समाधान गर्ने तर्फ शाओमीको ध्यान छैन

Technology Khabar २७ बैशाख २०७८, सोमबार

एमआईयूआई १२ मा समस्या बढ्दो, समाधान गर्ने तर्फ शाओमीको ध्यान छैन

काठमाडौं ।

हालै सार्वजनिक भएको शाओमीको एमआईयूआई १२ मा समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन्।

यसका कतिपय उत्पादनहरुमा फार्मवयरका समस्या रहने गरेकाले पनि बेलाबेला चर्चामा आउने गरेको छ। हालै नयाँ यूआई सार्वजनिक भइसके पनि एमआई ९टी तथा ९टी प्रो जस्ता हाइ-इन्ड डिभाइसहरुमा समेत विभिन्न समस्या व्याप्त रहेको गुनासाहरु आइरहेका छन्।

हालै एमआईयूआई १२ अपडेट गरेपछि ती स्मार्टफोनहरुमा डार्क मोडमा जाँदा आइकनहरु गलत डिस्प्ले हुने, भिडियो हेर्दा हेर्दै एक्कासी स्क्रीन अँध्यारो हुने, अलवेज अन डिस्प्ले मोडमा हुँदा आइकनहरु गलत देखाउने, गेम खेल्दा फ्रीज हुने, लक स्क्रीनको एनिमेशनमा समस्या आउने, अनलक गरेपछि स्क्रीन बढी चम्किने, रिस्टार्ट गर्दा नोटिफिकेशन बन्द नहुने तथा ह्वाट्सएप भलाउँदा साउन्ड र टेक्स्टमा गडबडीजस्ता विविध समस्या देखा परेको गुनासो प्रयोगकर्ताका तर्फबाट बताइएको छ।

पोको एम३ प्रयोगकर्ताहरुले एमआईयूआई १२ अपडेट गरेपछि फोन अन गर्न नसकेको बताएका छन्। यस्तै नोट ९एस र नोट९ प्रोमा पनि बेलाबेला रिबूट हुने तथा रेडमी नोट८ मा भने छिट्टै ब्याट्री डाउन हुने तथा आफैं साउन्ड आउने समस्या आएको बताइएको छ।

तर शाओमीका डेभलपरहरुले भने यी समस्या समाधान गर्न कुनै चासो देखाएका छैनन्। एजेन्सीका साथ

easy care

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

ताजा समाचार