अनर प्ले५ सिरिज मे १८ मा आउँदै

Technology Khabar २७ बैशाख २०७८, सोमबार

अनर प्ले५ सिरिज मे १८ मा आउँदै

काठमाडौं ।

ह्वावेबाट छुट्टिएर अलग ब्रान्डका रुपमा चिनिएको चिनियाँ कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर प्ले५ सिरिज आगामी मे १८ मा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले दिएको जानकारी अनुसार अर्को हप्तासार्वजनिक हुने उक्त सिरिजमा पछाडिपट्टि क्वाड क्यामरा सेट अप रहनेछ भने सेल्फीकालागि अगाडिपट्टि वाटरड्रप नचयुक्त क्यामरा रहनेछ।

कम्पनीले जारी गरेको आधिकारिक पोस्टरमा यसमा ओएलईडी डिस्प्ले रहेको देख्न सकिन्छ भने फिंगरप्रिन्ट स्क्यानर देखिएको छैन।

हालै वेबोमा पोस्ट गरिएको फोटो अनुसार अनर प्ले ५ र प्ले ५ लाइट गरी दुई ओटा स्मार्टफोन आउने भएका हुन्। दुवैमा ६४ मेगापिक्सेलको मुख्य क्यामरासहितको क्वाड क्यामरा सेटअप दिइउको छ। यस्तै ६.५४ इन्चको ओओलईडी फुल एचडी+ डिस्प्ले, डाइमेन्सिटी ८००यू चिपसेट रहेको छ।

साथै यी डिभाइसहरुमा ३८०० एमएएचको ब्याट्री दिइएको छ। यी ब्याट्रीमा ह्वावेकै सुपरचार्ज मानक प्रविधि अपनाइएको छ वा अनरले आफ्नै कुनै नयाँ प्रविधि विकास गरेको छ भन्ने चाहिँ स्पष्ट छैन।

easy care

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

ताजा समाचार