ओपोले फाइन्ड एक्स३ सिरिजका लागि तीन वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउने

Technology Khabar २६ बैशाख २०७८, आईतवार

ओपोले फाइन्ड एक्स३ सिरिजका लागि तीन वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्ना प्रिमियम सेगमेन्टका एन्ड्रोइड फोनहरुमा सफ्टवयर अपडेट ल्याउने भएको छ। हालै ओपो एक्स३ सिरिजमा कम्पनीले सफ्टवयर अपडेट दिने घोषणाबाट यो कुरा प्रस्ट हुन्छ।

हालै एन्ड्रोइड प्लानेटमा कम्पनीले ओपो फाइन्ड एक्स३ मा अर्को एक वर्ष सफ्टवयर थप गर्दै जम्मा ३ वर्ष पुर्याएको बताएको हो।

हालसम्म ओपोले सामान्यतया दुई वर्षसम्म सफ्टवयर अपडेट दिँदै आएको छ। तर फाइन्ड एक्स३ लगायतका प्रिमियम स्मार्टफोनहरुले भने थप एक वर्ष सेक्युरिटी प्याचलगायतका सुविधाको अपडेट पाउने भएका हुन्।

बाहिर आएका नयाँ तथ्यहरुले ४ वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउन सकिन्छ कि भनेर परीक्षण गरिरहेको बुझिएको छ।

तर फाइन्ड एक्स३ सिरिजका सबै फोनहरुले एन्ड्रोइडका कम्तीमा दुई ओटा अत्याधुनिक भर्सन अपडेट गर्न भ्याउने बुझिएकाले फाइन्ड एक्स३ सिरिजमा कम्तीमा पनि एन्ड्रोइड १२ र १३ भने अपडेट हुन सक्नेछन्।

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार