सहकारी संस्थाहरूलाई साइबर सुरक्षाका उपायबारे तालिम

Technology Khabar २६ बैशाख २०७८, आईतवार

सहकारी संस्थाहरूलाई साइबर सुरक्षाका उपायबारे तालिम

काठमाडौं ।

सहकारी संस्थाहरूलाई साइबर आक्रमणबाट जोगिने उपायबारे तालिम दिइएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेड दमौली शाखाको आयोजनामा तनहुँ जिल्लाका सहकारी संस्थालाई साइबर सरक्षासम्बन्धी एकदिने अभौतिक तालिम दिइएको हो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्रक्रियासँंगै प्रविधिको प्रयोगमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्थाका साथै व्यक्तिको जीवनमा समेत साइबर सुरक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।

तालिममा बैँकका सूचना, सञ्चार तथा प्रविधि विभागका प्रमुख नवीनकुमार कार्कीले साइबर सुरक्षा सम्बन्धमा सहजीकरण गरेका थिए । गोरखापत्रबाट

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार