शाओमी एमआई प्याड फाइभ ८५२० एमएएच ब्याट्रीसहित आउने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

शाओमी एमआई प्याड फाइभ ८५२० एमएएच ब्याट्रीसहित आउने

काठमाडौं ।

शाओमीले निकट भविष्यमै एमआई प्याड ५ ट्याब्लेट सिरिज सार्वजनिक गर्ने भएको छ।

यी ट्याब्लेटहरुले हाल बजारमा रहेका एप्पलका आईप्याड प्रो, ग्यालेक्सी ट्याब सिरिज तथा ह्वावे मेट प्याड प्रोजस्ता डिभाइसहरुसँग सोझै प्रतिस्पर्धा गर्ने बुझिएको छ।

यो डिभाइसमा दुई ओटा ब्याट्री रहने बुझिएको छ भने एउटा ब्याट्रीको क्षमता ४२६० एमएएचलाई ३सी सर्टिफिकेट दिइसकिएको छ। यसरी हेर्दा यसमा जम्मा ८५२० एमएएच क्षमताको ब्याट्री रहनेछ।

हालै बाहिर आएका चर्चा परिचर्चा अनुसार शाओमीले एकैसाथ भ्यानिला एमआई प्याड ५ र अर्को एमआई प्याड ५ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ।

यीमध्ये प्रो भेरियन्टमा १२० हर्ज रिफ्रेश रेट, २४० हर्ज टच स्याम्प्लिङ रेटसहितको इन-सेल एक्टिभ पेन प्रविधियुक्त डब्लूक्यूएक्सजीए डिस्प्ले रहने बताइएको छ।

विवरणहरुबाट यसमा एमआई ११ स्मार्टफोनमा रहेकै बराबरको क्यामरा सेटअप रहने पनि बुझिएको छ। तर क्यामराको क्षमता मात्रै हेरेर ल्यापटप वा ट्याब किन्ने ग्राहक सेगमेन्ट कुन समूहलाइ मानिएको हो भन्ने यकिन छैन।

easy care

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार