गुगलले छिट्टै डिफल्टमै टू फ्याक्टर अथेन्टिकेशन राख्ने

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

गुगलले छिट्टै डिफल्टमै टू फ्याक्टर अथेन्टिकेशन राख्ने

काठमाडौं ।

गुगलले यूजरहरुको सुरक्षाका लागि आफ्नो सेटिङमा एउटा भरपर्दो फिचरलाई अनिवार्य बनाउने भएको छ। कम्पनीले डिफल्ट सेटिङमै यूजरहरुका लागि टू फ्याक्टर अथेन्टिकेशनलाई अनिवार्य बनाउन लागेको हो।

आज गुगलले एउटा ब्लगमा आफ्ना उपभोक्ताहरुलाई दुई तहको प्रमाणीकरणका लागि छिट्टै टू फ्याक्टर अथेन्टिकेशन फिचर अनिवार्य गराउने जनाएको हो। कम्पनीका अनुसार यसका लागि यूजरको एकाउन्ट सही तरिकाले कन्फिगर भएको हुनुपर्ने बताइएको छ।

यो फिचर इनेबल गरेपछि यूजरहरुले आफ्नो मोबाइलमा भेरिफाइ गर्नका लागि एउटा मेसेज पाउनेछन्। यो भेरिफिकेशन आफ्नै गुगल एकाउन्ट लगइन गर्नका लागि आवश्यक हुन्छ। ‘आफ्नै मोबाइल डिभाइस प्रयोग गरेर साइन इन गर्दा यूजरलाई पासवर्ड मात्र राखेर गरेको लगइन भन्दा बढी सुरक्षित अनुभव गराउँछ,’ गुगल प्रडक्ट म्यानेजमेन्टका वरिष्ठ निर्देशक मार्क रिशरले भने। उनका अनुसार फोन गरेर दिइने अलर्टहरु एसएमएसमार्फत् दिइने भन्दा बढी सुरक्षित हुन्छन्।

यदि तपाईँलाई मानक टू फ्याक्टर अथेन्टिकेशन चलाउन मन लागेन भने युबिकी वा गुगलकै टाइटनजस्ता फिजिकल सेक्युरिटी की प्रयोग गरेर पनि आफ्नो एकाउन्ट सुरक्षित राख्न सक्नुहुनेछ।

सन २०१९ मा गुगलले एन्ड्रोइड स्मार्टफोनमा सुरक्षाका लागि यो टू फ्याक्टर अथेन्टिकेशन अप्शन उपलब्ध गराएकामा पछि आईफोनमा पनि विस्तार गरिएको थियो।

easy care

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार