डाटा शेयर नगरे शुल्क लगाउने फेसबुक र इन्स्टाग्रामद्वारा आईओएस यूजरहरुलाई धम्की

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

डाटा शेयर नगरे शुल्क लगाउने फेसबुक र इन्स्टाग्रामद्वारा आईओएस यूजरहरुलाई धम्की

काठमाडौं ।

एप्पलले आईओएस १४.५ का लागि आफ्नो गोप्यता रणनीति अपडेट गरेको छ।

जसअनुसार अब एप डेभलपरहरुले एपले संकलन गर्ने डाटाका बारेमा यूजरहरुलाई जानकारी गराउनु पर्ने हुन्छ। फेसबुकले यसका विरुद्धमा प्रचारवाजी गरिरहेको छ।

अहिले उक्त नीति लागू भएपछि फेसबुकले यूजरहरुका लागि एउटा सूचना जारी गर्दै आफूले अरु एप र वेबसाइटबाट संकलन गरेको डाटाले फेसबुकलाई नि:शुल्क बनाउन सहयोग गर्ने उल्लेख गरिएको छ।

कम्पनीले इन्स्टाग्रामका लागि पनि सोही ब्यहोराको मेसेज दिएको छ।

कम्पनीले उक्त मेसेजलाई एजुकेशनल स्क्रीनको नाम दिँदै उनीहरुले डाटालाई व्यक्तिगत विज्ञापनका लागि कसरी प्रयोग गर्छन् भन्ने कुराको विवरण दिने बताएका छन्।

सूचनामा यस्तो लेखिएको छ:

‘आईओएसको यो भर्सनमा विज्ञापनलाई सुधार गर्न डिभाइसबाट जानकारी ट्र्याक गर्नका लागि इजाजत लिनु जरुरी छ। यदि तपाईँले डिभाइसको सेटिङ अन गर्नुभएन भने हामी यी जानकारीको प्रयोगमा कसरी सीमा तोक्छाैं भन्ने जान्नुहोस्। हामी अन्य एप तथा वेबसाइटबाट प्राप्त तपाईँका गतिविधिका डाटा तपाईँलाई व्यक्तिगत विज्ञापन देखाउन, फेसबुकलाई नि:शुल्क बनाउन तथा आफ्ना उपभोक्तासम्म पुग्न विज्ञापनको सहायता लिने व्यवसायहरुलाई सहयोग गर्नमा प्रयोग गर्छाै।’

यो सूचनाबाट डिभाइस धनीहरुले डेभलपरलाई विज्ञापनका लागि आफ्ना विवरण संकलन गरेर त्यसलाई विभिन्न एपहरुमा बाँड्न इजाजत दिनुपर्छ।

easy care

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार