नेपाल टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’ को आजबाट प्रारम्भिक परीक्षण शुरु

Technology Khabar १९ बैशाख २०७८, आईतवार

नेपाल टेलिकमको मोबाइल मनी ‘नमस्ते पे’ को आजबाट प्रारम्भिक परीक्षण शुरु

काठमाडौं ।

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ल्याउन लागेको मोबाइल मनी सेवा ‘नमस्ते पे’ को प्रारम्भिक परीक्षण आजदेखि सुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसर पारेर सो एपको प्रारम्भिक परीक्षण शुरु भएको भर्चुअल कार्यक्रममार्फत घोषणा गरेका हुन् ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड (एनडीपीसी) ले ‘नमस्ते पे’ ल्याउने तयारी गरिरहेको छ ।

यस एपमार्फत मोबाइल ब्यालेन्स रकमको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसकिनेछ ।

सो एपको उद्घघाटन नै आज गर्ने तयारी भएपनि प्राविधिक कारणले गर्दा सो गर्न नसकिने र यसको प्रारम्भिक उद्घघाटन मात्र गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार