क्रिप्टोकरेन्सीहरू माइनिङ्ग गरेमा एसएसडीको वारेन्टी गुम्ने उत्पादक ग्यालक्सको चेतावनी

Technology Khabar १९ बैशाख २०७८, आईतवार

क्रिप्टोकरेन्सीहरू माइनिङ्ग गरेमा एसएसडीको वारेन्टी गुम्ने उत्पादक ग्यालक्सको चेतावनी

काठमाडौं ।

एसएसडी निर्माता ग्यालक्सले प्रयोगकर्ताहरूलाई क्रिप्टोकरेन्सीहरू माइनिङ्ग गर्न जसले स्टोरेज डिभाइसहरूमा अत्यधिक मात्रा र गति चाहिन्छ यसले यसको एसएसडीको वारेन्टीको दुरुपयोग हुने चेतावनी दिएको छ ।

बिटटोरेन्ट प्रोटोकोल विकासकर्ता ब्राम कोहेनले बनाएको नयाँ क्रिप्टोकरेन्सी ‘चिया’ (Chia) लाई माइन गर्नखोज्ने ठूलो संख्यामा मानिसहरूले एसएसडीको ग्यारेन्टी गुमाउने बारेमा प्रयोगकर्ताहरूलाई चेतावनी दिन कम्पनीले आफ्नो चिनियाँ वेबसाइटमा एक सूचना पोस्ट गरेको छ ।

बिटक्वाइन र इथेरियम सहित सामान्य रूपमा चिनिएका क्रिप्टो मुद्राहरू जसलाई शक्तिशाली प्रशोधनको लागि प्रोेसेसर आवश्यक पर्दछ, यसभन्दा भन्दा फरक चियाले भने यसको प्रशोधनको लागि प्रोेसेसरको साटो अधिक स्टोरेजको माग गर्दछ।

यदि उनीहरूले नियमित प्रयोग ढाँचाको तुलनामा धेरै डाटा राइट गर्नुपर्ने हुँदा क्रिप्टो मुद्राको माइन गर्नका लागि उपयोग गरेमा यसको एसएसडीका प्रयोगकर्ताहरूको ग्यारेन्टी खारेज गर्ने क्रिप्टो मुद्रा चियाको नाम नलिईकन नै ग्यालक्सले नोटिसमा भनेको छ । हङ्गकङ्गमा आधारित कम्पनीले माइनिङ्गका लागि एसएसडी स्टोरेजको आवश्यकता पर्ने क्रिप्टो करेन्सीहरूको बढ्दो प्रभावबारे टिप्पणी गर्ने पहिलो एसएसडी निर्माताहरू मध्ये एक भएको छ ।

चिया त्यस्तै एक क्रिप्टोकरेन्सी हो, र यसले व्यापार सुरू गर्न अझै बाँकी छ तर यसले क्रिप्टोकरेन्सी माइन गर्ने मानिसहरूलाई आकर्षित गर्यो। ठूलो संख्यामा चियाका सम्भावित माइनकर्ताहरू एशिया प्रशान्त क्षेत्रबाट आएका छन् र तिनीहरू मध्ये अधिकांश चीनबाट आएका छन् जसले चियाका लागि पहिले नै उच्च क्षमताको एसएसडी स्टक गरिसकेका छन्। एजेन्सीका साथ

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

ताजा समाचार