एप्पल, सामसङलाई पछ्याउँदै नोकिया, नयाँ स्मार्टफोन एक्स२० मा ग्राहकहरुले चार्जर नपाउने

Technology Khabar ११ बैशाख २०७८, शनिबार

एप्पल, सामसङलाई पछ्याउँदै नोकिया, नयाँ स्मार्टफोन एक्स२० मा ग्राहकहरुले चार्जर नपाउने

काठमाडौं ।

नोकिया स्मार्टफोनको उत्पादन पृष्ठका अनुसार नोकिया एक्स २० स्मार्टफोनमा ग्राहकहरुले वाल चार्जर नपाउने भएका छन् ।

नोकियाको लाइसेन्स पाएको एचएमडी ग्लोबलले यस महिनाको शुरूमा युरोपमा स्मार्टफोन लन्च गरेको थियो र यो अर्को महिना बिक्रीमा जानेछ।

फिनिश कम्पनीले यो नोकिया एक्स२० को पर्यावरणिय प्रभाव कम गर्नका लागि गरिएको बताएको छ।

यसअघि एप्पल, सामसङ र शाओमी जस्ता कम्पनीहरूले उनीहरूको स्मार्टफोनको साथमा वाल चार्जर उपलब्ध नहुने घोषणा गरेका थिए।

नोकिया एक्स२० को उत्पादन पृष्ठका अनुसार कम्पनीले स्मार्टफोनको खुद्रा बक्समा प्लास्टिक वाल चार्जर नहुने र बक्समा रहेको स्मार्टफोनको केस शत प्रतिशत कम्पोस्टेबल रहेको प्रकाश पारेको छ। नोकिया स्मार्टफोनको स्पेसिफिकेशन्स पृष्ठमा इन-बक्स सामग्रीहरूको सूचीमा वाल चार्जरको कुनै जानकारी उल्लेख छैन। एचएमडी ग्लोबलले अप्रिल ८ तारिखमा स्मार्टफोन यूरोपमा सार्वजनिक गरेको थियो ।

एप्पल पहिलो कम्पनी थियो जसले आईफोन १२ लाईनअपका साथ वाल एडेप्टर बक्समा नदिने घोषणा गरेको थियो ।सामसङले चाँडै नै एप्पललाई पछ्यायो र यसको भावी मोडेलहरूमा बक्समा वाल चार्जर र इयरफोन जस्ता एसेसरिजहरू नआउने घोषणा गर्‍यो।

त्यस्तै शाओमीका सीईओ लेई जुनले पनि एमआई ११ स्मार्टफोनको रिटेल बक्सहरू भित्र चार्जर बन्डल नगर्ने घोषणा गरेका थिए। एजेन्सी

easy care

प्रकाशित: ११ बैशाख २०७८, शनिबार

ताजा समाचार