रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-इण्ड गेम्स’ सार्वजनिक

Technology Khabar ४ बैशाख २०७८, शनिबार

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-इण्ड गेम्स’ सार्वजनिक

काठमाडौं ।

रणनीति बनाउँदै युद्ध लड्न सकिने नेपाली गेम ‘वर्ल्ड वार फोर-इण्ड गेम्स’ सार्वजनिक भएको छ । २ वर्षको अध्ययन र विकास पश्चात यो गेम सार्वजनिक गरिएको हो ।

‘वर्ल्ड वार फोर-इण्ड गेम्स’ पब्जी तथा फ्री फायर जस्तो ब्याटल गेम नभएर एउटा स्ट्राटेजिक गेम हो । यो गेम पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको हो भने एस्ट्रिक टेक्नोलोजिले सार्वजनिक गरेको हो ।

‘वर्ल्ड वार फोर इण्ड गेम्स’ २ जनाभन्दा बढीले खेल्न सकिन्छ । यसको स्टोरीलाइनलाई सन् २०३० मा सेट गरिएको छ । तेस्रो विश्वयुद्ध सकिएको र २०३० बाट चौथो विश्व युद्ध शुरू भएको कल्पना गरेर यो गेमको विकास गरिएको प्रोजेक्ट म्यानेजर अनुराधा भण्डारीले बताइन् । त्यसकारण यो गेमको नाम पनि वर्ल्ड वार फोर राखिएको उनले बताइन् ।

तेस्रो विश्व युद्धका कारण धेरै देशको अस्तित्व समाप्त भएको, कति मर्ज भएको र त्यसपछि ८ ओटा देश मात्रै विश्वमा रहेको गेममा कल्पना गरिएको छ । सो ८ देशमा अमेरिका, बेलायत, सँयुक्त यूरोप, सँयुक्त मध्यपूर्व, रसिया, चिन, जापान र भारत छन् ।

यसमा प्रडक्ट मार्केट, मोनिटरी मार्केट, स्टक मार्केट, जब मार्केट पनि छ । स्टक मार्केटबाट शेयरहरू किनबेच गर्न सक्ने भयो । किनबेचको कुराहरुमा चाहिँ निश्चित रेञ्ज तोकिएको छ । यसमा अक्सन मार्केट पनि छ । जसमा कम्पनीहरु किनबेच गर्न सकिन्छ ।

गेममा ४ वटा करियर राखिएको छ । जसअन्तरगत कामदार, सेना, राजनीतिज्ञ र व्यवसाय रहेका छन् । प्रत्येक करियरको आफ्नै फाइदा छ । प्लेयरले आफ्नो करियर छानेपछि आफुलाई बलियो बनाउन आफ्नो रणनीति प्रयोग गर्न सक्छन् ।

यसमा ब्ल्याक मार्केट राखिएको छ । गेममा स्कीनहरु पनि राखिएको छ । प्लेयरहरुले आफुलाई मन परेको स्कीन खरिद गर्न सक्छन् ।

यो गेम निःशुल्क खेल्न सकिन्छ । यो गेम बच्चा तथा टिनएजलाई भन्दा पनि २५ वर्षदेखि माथिका व्यक्तिलाई लक्षित गरेर विकास गरिएको हो ।

यस गेममा कुनै कुनै ठाउँमा मात्रै एनिमेसन प्रयोग गरिएको छ । गेममा सबै कुरा क्याकुलेसनमै आधारित हुन्छ । यो गेममा प्रत्यके १०० दिनको एक सिजन हुनेछ ।

गेम सार्वजनिक भएको अवसरमा निश्चित समयका लागि ५ डलर बराबरको ५० गोल्ड निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । हाललाई यो गेम एन्ड्रोइड प्लेटफर्ममा मात्रै उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: ४ बैशाख २०७८, शनिबार

ताजा समाचार