रियलमी ८ फाइभजी स्मार्टफोन अप्रिल २१ मा आउने

Technology Khabar २९ चैत्र २०७७, आईतवार

रियलमी ८ फाइभजी स्मार्टफोन अप्रिल २१ मा आउने

काठमाडौं ।

करिब ८ महिनाअघि कम्पनीले बजारमा ल्याएको रियलमी ८ को फाइभजी भर्जन आगामी अप्रिल २१ मा सार्वजनिक गर्ने घोषणा गरेको छ।

रियलमीको थाइल्याण्ड शाखाले आफ्नो आधिकारिक फेसबुक पेजमा रियलमी ८ फाइभजीको डिजाइन पोस्ट गर्दै यस्तो घोषणा गरेको हो।

उक्त फोटो र विवरण अनुसार रियलमी ८ फाइभजीमा ४८ मेगापिक्सेलको क्यामरा रहनेछ। भिडियोमा यो स्मार्टफोनको अगाडिको भाग देखाइएको छैन तर यसमा पञ्चहोल डिस्प्ले रहने आकलन गर्न सकिन्छ। रियलमी ८ फाइभजीलाई चीनमा भने गत महिना भी१३ फाइभजीको नाममा रिब्राण्ड गरेर ल्याउने घोषणा गरिएको थियो।

रियलमी ८ फाइभजीको पछाडिको प्यानल भी१३ फाइभजीको जस्तै भएको र गीकबेन्च तथा एफसीसीमा पनि भी१३ मा जस्तै डिमेन्सिटी ७०० एसओसी चिप, ८ जीबी र्याम, एन्ड्रोइड ११, ५००० एमएएच क्षमताको ब्याट्री तथा साइडमा रहेको फिंगरप्रिन्ट सेन्सर रहने बताइएको थियो।

भी१३ र रियलमी ८ फाइभजीमा रहेको एकमात्र फरक भनेको एनएफसी मात्र हो जुन भि१३ मा उपलब्ध छैन।

यसरी हेर्दा रियलमी ८ फाइभजी नै रिब्राण्ड भएर आउने हो भने यसमा ६.५ इन्चको फुल एचडीप्लस डिस्प्ले रहने तथा ८ मेगापिक्सेलको क्यामरा र १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बुझिएको छ।

easy care

प्रकाशित: २९ चैत्र २०७७, आईतवार