आईफोनका ९० प्रतिशत मोडलमा आईओएस १४: प्रतिवेदन

Technology Khabar २६ चैत्र २०७७, बिहीबार

आईफोनका ९० प्रतिशत मोडलमा आईओएस १४: प्रतिवेदन

काठमाडौं ।

हालै आएको एक रिपोर्ट अनुसार आईफोनका उपलब्ध सबै मोडलको ९० प्रतिशतमा आईओएस १४ अपरेटिङ सिस्टम चलिरहेको छ।

केही महिनापछि यसको अत्याधुनिक भर्जन आईओएस १५ सार्वजनिक हुदैछ। एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सको छेको पारेर यससाई सार्वजनिक गर्ने बुझिएको छ।

गएको डिसेम्बरसम्ममा पछिल्ला ४ वर्षमा आएका आईफोनका मोडलमध्ये ८१ प्रतिशतमा आईओएस १४ चलेको पाइएको थियो भने यो तथ्याङ्क फेब्रुअरी पुग्दा बढेर ८६ प्रतिशत पुगेको थियो।

एप्पलले गत वर्षको सेप्टेम्बर महिनामा आईओएस १४ सार्वजनिक गरेकोमा पछिल्लो ७ महिनामा यसको प्रभावकारिता र चर्चा निकै बढेको छ।

व्यवसाय विश्लेषण गर्ने कम्पनी मिक्सप्यानलले बाहिर ल्याएको तथ्याङ्क हेर्दा आईओएस१४ समग्रमा ९०.४४ प्रतिशत आईफोन प्रयोगकर्ताहरुले प्रयोग गरिरहेका छन्। सेप्टेम्बर २०२० मा सर्वसाधारणका लागि सार्वजनिक भएको यसको लोकप्रियतासँगै बाँकी ५.०७ प्रतिशत यूजरले आईओएस १३ तथा ४.४९ प्रतिशतले अझै त्योभन्दा पुरानो भर्जन प्रयोग गरिरहेको पाइएको छ।

एप्पल डेभलपर वेबसाइटले गएको डिसेम्बरमा ८१ प्रतिशत आईफोन तथा ७५ प्रतिशत आईप्याड मोडलहरुमा आईओएस १४ आईप्याडओएस १४ चलिरहेको तथ्याङ्क बाहिर ल्याएको थियो।

हालै यसको अद्यावधिक गरिएको बिटा फर्मवयर आईओएस १४.५ को परीक्षण भइरहेको बताइएको छ।

easy care

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार