डकुमेन्ट स्क्यान गर्नुछ? ‘गुगल स्ट्याक’ एप प्रयोग गर्नुहोस्

Technology Khabar २१ चैत्र २०७७, शनिबार

डकुमेन्ट स्क्यान गर्नुछ? ‘गुगल स्ट्याक’ एप प्रयोग गर्नुहोस्

काठमाडौं ।

गुगलले हालै एउटा नयाँ र उपयोगी एप सार्वजनिक गरेको छ। यसको नाम गुगल स्ट्याक राखिएको छ जसमार्फत प्रयोगकर्ताले आफ्ना डकुमेन्टलाई स्कयान गर्न सक्नेछन्।

यो एपले क्याम स्क्यानरले जस्तै काम गर्नेछ। यसले गुगलको डकएआई अर्थात डकुमेन्टसम्बन्धी आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएका काम गर्छ। तत्कालका लागि यसलाई अमेरिकाका एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ। अमेरिकाबाहिरका प्रयोगकर्ताले भने यसका लागि अझै केही समय कुर्नुपर्ने हुन सक्छ।

यसरी फुरेको थियो आइडिया

स्ट्याकका टिम लिडर क्रिस्टोफर पेड्रेगलले भने, ‘मैले केही वर्षअघि मेरो एजुकेशन स्टार्ट अप सोक्रेटिकलाई गुगलले अक्विजिट गरेपछि गुगल ज्वाइन गरेको थिएँ। सोक्रेटिकमा मैले हाइ स्कुलका विद्यार्थीहरुका लागि गुगलको कम्प्युटर भिजन तथा भाषा बोधको प्रयोग गरेको थिएँ। यसको उद्देश्य उनीहरुले सजिलै सिक्न सकुन् भन्ने थियो। मलाई कतै यस्तै प्रविधि प्रयोग गरेर डकुमेन्ट अर्गनाइज गर्ने एप बनाउन पो सकिन्छ कि भन्ने लाग्यो र मैले बनाएँ।’

डकुमेन्ट स्कयान भएर पीडीएफ फाइल बन्छ

पेड्रेगलका अनुसार स्ट्याक मार्फत स्क्यान गरेको डकुमेन्ट स्ट्याक नामसहितको पीडीएफ फाइलका रुपमा सेभ हुन्छन्। यसले छिटो स्क्यान गर्छ भने यसको माथिपट्टि तारिख पनि आफैं लेखिदिनेछ।

सुरक्षाका लागि फिंगरप्रिन्ट स्क्यानरको अप्शन पनि छ

सुरक्षाका लागि यो एपमा फेस वा फिंगरप्रिन्ट स्क्यानरको अप्शन पनि दिइएको छ। यसबाट तपाईँको डकुमेन्ट अन्य व्यक्तिले खोलेर हेर्न सक्दैनन्। साथै यस एपमार्फत स्क्यान गरिएको डकुमेन्टलाई गुगल ड्राइभमा पनि सेभ गर्न सकिन्छ।

easy care

प्रकाशित: २१ चैत्र २०७७, शनिबार