राइड-शेयरिङ प्लेटफर्म ‘गाडी एप’ को सेवा बुटवलमा, बाइकमा प्रति किमि रु.१५ मा यात्रा गराउने

Technology Khabar १६ चैत्र २०७७, सोमबार

राइड-शेयरिङ प्लेटफर्म ‘गाडी एप’ को सेवा बुटवलमा, बाइकमा प्रति किमि रु.१५ मा यात्रा गराउने

काठमाडौं ।

काठमाडौंमा दिन प्रतिदिन चर्चित हुँदै गएको राइड-शेयरिङ प्लेटफर्म बुटवलमा पनि चैत्र १६ बाट सुरु भएको छ । गाडी एप (Gaadii App) ले पोखरामा पनि सुरु गर्न लागेको हो ।

बुटवल सँगै पोखरा,नारायणगढ, झापा र धरानमा पनि एकैचोटि सुरु गर्न लागेको हो । यात्रुलाई एक ठाउँ देखि अर्को ठाउँसम्म पुग्न सस्तो,सुरक्षित र भरपर्दो हुने र बेरोजगार युवा-युवतीको लागि थोरै लगानीमै आम्दानीको नयाँ बाटो समेत खोलिने भएकोले गर्दा यो एप काठमाणडौंमा जस्तै अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

गाडी एप राइडरले कसरी चलाउने ?

  • यो एप प्रयोग गर्नको लागि सर्वप्रथम प्ले स्टोरमा गएर गाडी एप (Gaadii Partners) भनेर सर्च गर्न सकिनेछ वा यस लिङ्क https://play.google.com/store/apps/details?id=com.kctech.gaadiipartners  मा क्लिक गरेर मोबाईल एप डाउनलोड गर्न सकिनेछ ।
  • त्यसपछि रजिस्टरमा गएर आफ्नो ई-मेल, नाम,मोबाईल नम्बर र पासवर्ड टाईप गर्नुपर्ने छ ।
  • त्यसपछि तपाईंको आफनो नागरिकता,लाईसेन्स र आफ्नो गाडीको ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुपर्नेछ ।
  • गाडी अथवा बाईक जस्को नाममा भएपनि हुनेछ ।त्यसपछि त्यो अकाउन्टलाई गाडी एपको टिमले जाँच गर्ने छ । यदि सबै विवरण ठिक भए तपाईंको अकाउन्ट खुल्नेछ र त्यसलाई प्रयोग गर्न मिल्नेछ ।

एकाउन्ट अप्रुभ भएपछि तपाईंले गाडी एप लाई इसेवा अथवा खल्ती मार्फत रु.२०० डिपोजिट गर्नुपर्ने हुन्छ । त्यो डिपोजिट गर्दा रु.५० थप बोनस सहित रु.२५० तपाईंको गाडी पार्टनर्स एपको वालेटमा आउने बताईएको छ ।

कम्पनीकाअनुसार अब तपाईंले जति पनि राईड लिनुहुन्छ र पैसा कमाउनुहुनछ्, प्रत्येक राईडको भाडा जति उठ्छ,त्यसको ८ प्रतिशत त्यहि वालेटबाट कट्दै जानेछ जुन गाडी पार्टनर्स एपको सेवा-शुल्क समेत रहेको छ। फेरी वालेटमा शुन्य भएपछि पुन सोही तरिकाले रिचार्ज गर्नुपर्ने हुन्छ । यो एपमा बाइक स्कूटर ट्याक्सी अटो र स्कर्पियो लाई रजिस्टर गर्न सकिनेछ।

कम्पनीकाअनुसार बाइकको लागि पहिलो १ कि.मि. सम्म रु ४० र त्यसपछि प्रति.किमि. रु.१५ थपिँदै जानेछ। अटोको लागि पहिलो १ कि.मि. सम्म रु ३० र त्यसपछि प्रति.किमि. रु.१५ थपिँदै जानेछ । साथै ट्याक्सीको लागि पहिलो १ कि.मि. सम्म रु.६० र त्यसपछि प्रति.किमि. रु.५० थपिँदै जानेछ ।

हाल एन्ड्रोइडमा मात्र भएको यो एप चाँडै नै आईफोनको लागि समेत आउने बताईएको छ।

easy care

प्रकाशित: १६ चैत्र २०७७, सोमबार

ताजा समाचार