अन्तरिक्षका फोहोर सफा गर्ने प्रणालीको परीक्षण प्रदर्शन गरिने, सिस्टम उपकरण प्रक्षेपण

Technology Khabar १० चैत्र २०७७, मंगलवार

अन्तरिक्षका फोहोर सफा गर्ने प्रणालीको परीक्षण प्रदर्शन गरिने, सिस्टम उपकरण प्रक्षेपण

काठमाडौं ।

रुसको सोयुज रकेटले हालै कजाखस्तानको बैकानूर कोस्मोड्रोमबाट ३८ बिभिन्न स्याटेलाइटलाई कक्षमा पुर्याएको छ।

ती पेलोडहरू मध्ये ५०० किलोग्रामको अर्थ इमेजर दक्षिण कोरियाली अन्तरिक्ष एजेन्सीले विकसित गरेको थियो भने अर्को टोकियो हेडक्वार्टर भएको एस्ट्रोस्केल कम्पनीबाट एक जोडी स्पेसक्राफ्ट पठाईएको छ जसले अर्बिटल फोहोर कसरी सफा गर्ने कार्यको प्रदर्शन गर्नेछ।

एस्ट्रोस्केलेको प्रदर्शन कार्य बेलायतस्थित अपरेशन सेन्टरबाट चल्ने बीबीसीले उल्लेख गरेको छ।

सोयुज उडान करिब ५ घण्टा चलेको थियो । यति लामो अवधिको उडान हुनुको कारणमा अन्तरिक्षमा करीव ५०० किमिदेखि ५५०० किलोमिटरको बिचमा तीनवटा विभिन्न कक्षमा यति धेरै भिन्न स्याटेलाइटहरू राख्नुको परिणाम हो।

प्रक्षेपण अगाडि धेरैको चासोल भने एस्ट्रोस्केल मिशनमा केन्द्रित रहेको थियो।

अन्तरिक्ष वातावरण बिस्तारै अव्यवस्थित हुँदै जाँदा, त्यहाँ अधिक सजगता आवश्यकछ र स्पेसफ्लाइटबाट त्यागिएका हार्डवेयरको थुप्रोलाई हटाउन केहि गर्न आवश्यक छ।

यो फोहोर जसमा लगभग त्यहाँ लगभग ९ हजार टन थुप्रिएको अनुमान गरिएको छ र आगामी अपरेसनल प्रणालीको लागि सम्भावित ठोक्किने जोखिम रहेकोछ । जहाँ धेरै अत्यावश्यक सेवाहरू प्रदान गर्ने उपकरणहरु छन् जस्तै मौसम पूर्वानुमान र दूरसञ्चार स्याटेलाइट।

एस्ट्रोस्केलले यसलाई एल्सा-डी (End-of-Life Service by Astroscale demonstration) भनेको छ। यो प्रदर्शन मिसनले दुई अन्तरिक्ष यानहरू समावेश गर्दछ जसमा एउटा १७५ किलोग्रामको ‘सर्भिसर’ र १७ किलोग्रामको ‘ग्राहक (Client)’।

सोयुजमा, दुबै एक आपसमाजोडीएका थिए, तर आउँदो हप्ताहरूमा तिनीहरूलाई छुट्याउने आदेश दिइनेछ।

यसको सर्भिसरको सेन्सर प्रयोग गरी क्लाइन्टलाई फेला पार्ने र समात्ने कार्य गर्दछ, यसलाई चुम्बकीय डकिङ्ग प्लेट प्रयोग गरेर समातिनेछ भने त्यसपछि अर्को समात्नका लागि त्यस्तै प्रकृया गर्नेछ ।

यो कार्य झन्झटिलो हुनेछ र सबैभन्दा गाह्रो रेन्डेजभासको साथ सर्भिसरले ग्राहकलाई थाम्न गाह्रो हुन्छ किनकि यो घुमिरहेको हुनेछ।

अन्त्यमा यसलाई अर्बिटबाट बाहिर ल्याईने छ र यसलाई सो वातावरणमा जलाईने छ ।

अन्तरिक्षमा हाल करिब ३० हजार भन्दा धेरै १० सेन्टिमिटर भन्दा ठूला फोहोरका टुक्राहरु रहेको अनुमान गरिएको छ भने ३००० हजार भन्दा धेरै स्याटेलाइटहरुका बिचमा काम नलाग्ने स्याटेलाइटहरु पनि छन् ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

ताजा समाचार