अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा छिट्टै सोसल मिडियामा फर्कने घोषणा

Technology Khabar ९ चैत्र २०७७, सोमबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा छिट्टै सोसल मिडियामा फर्कने घोषणा

काठमाडौं ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू छिट्टै नै आफ्नै प्लेटफर्मसहित सोसल मिडियामा आउने घोषणा गरेका छन्।

मलाई लाग्छ राष्ट्रपति ट्रम्प २ या तीन महिनामा सोसल मिडियमा फर्कनुहुनेछ’, ट्रम्पका सल्लाहकार जेसन मिलरले अन्तरराष्ट्रिय समाचार संस्था फक्स न्यूजलाई बताए।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको राष्ट्रपतीय चुनावको परिणामलाई लिएर वाशिङ्टन डीसीमा भएको हिंसात्मक प्रदर्शनपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटरले उनलाई प्रतिबन्ध लगाएका थिए।

जनवरी ६ मा ट्रम्प समर्थकहरुले गरेको प्रदर्शनीमा १ जना प्रहरीसहित ५ जनाको ज्यान गएको थियो।

त्यसको थुप्रै दिनपछि ट्विटरले @realDonaldTrump ह्याण्डल भएको ट्रम्पको एकाउन्ट ‘अझै अरु हिंसा भड्काउन सक्ने जोखिम भएकाले सधैंका लागि बन्द गरिएको’ जनाएको थियो।

ट्रम्पले अन्य सञ्चारमाध्यमलाई पाखा लगाउँदै उक्त ट्विटर एकाउन्ट विगत १० वर्षदेखि आफ्ना मतदाताहरुसँग कुराकानी गर्नका लागि प्रयोग गर्दै आएका थिए।

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

ताजा समाचार