रोब्लक्स गेम स्टकमा सूचीकृत भएपछि यसरी अर्बपति भए डेभिड

Technology Khabar २८ फाल्गुन २०७७, शुक्रबार

रोब्लक्स गेम स्टकमा सूचीकृत भएपछि यसरी अर्बपति भए डेभिड

काठमाडौं ।

अमेरिकी गेमिङ प्लेटफर्म रोब्लक्स शेयर बजारमा सूचीकृत भएको छ।

वाल स्ट्रीटमा सूचीकृत हुनासाथै न्यूयोर्क स्टक एक्सचेन्जमा पहिलो दिनको व्यापारपछि यसको सम्पत्ति ६० प्रतिशत बढेर ४७ अर्ब डलर पुगेको छ।

यसरी सम्पत्तिमा बढोत्तरी भएपछि यो अन्य ठूला गेमिङ प्लेटफार्महरु टेक टु, युबिसफ्ट तथा इलेक्ट्रोनिक आर्ट्सको बराबरीमा उक्लिएको छ।

कम्पनीका सीईओ डेभिड बास्जुकीले यसबाट गेमिङभन्दा अझ परको डिजिटल विश्व बनाउन मद्त पुग्ने विचार व्यक्त गरे।

उनले ट्वीटरमा मेटासर्भ कम्पनीको दूरदृष्टि पूरा गर्ने बाटोमा अर्को खुड्किला चढ्न सहयोग गरेकोमा सबैलाई धन्याबाद दिएका छन्।

मेटासर्भ सिरिजका लागि साइन्स फिक्सनसम्बन्धी एउटा डिजिटल प्लेटफर्म हो जहाँ मानिसहरु एक आपसमा कुराकानी गर्न तथा गेम खेल्न तथा केही सिक्न सक्छन्।

easy care

प्रकाशित: २८ फाल्गुन २०७७, शुक्रबार